सरकारले आफैं बिक्री-वितरण गर्न थालेपछि तरकारी व्यवसायी पछि हटे, भोलिदेखि बजार खुल्ने

काठमाडौं  । सरकारले बिभिन्न नाकाबाट तरकारी बोकेर आएका गाडीलाई निन्त्रणमा लिएर आफै बिक्री-वितरण गर्न थालेपछि कालिमाटीमा ब्यापारीहरु पछि हटेका छन् ।


नेपाल फलफूल तथा तरकारी ब्यवसायीमहासंघले मंगलबारदेखि बिक्री बितरण ठप्प गरेपछि सरकार आफै अघि सरेको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई नियन्त्रणमा लिएर प्रहरीको सहयोगमा बिक्री गर्न थालेको हो।

 

व्यवसायीले भोलिदेखि तरकारीको बिक्री वितरण कार्यक्रम यथावतै राख्दै आन्दोलन भने नरोक्ने निर्णय गरेका छन्।कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

महासंघले अनुगमनको क्रममा बील बिजक नभएको अभियोगमा व्यबसायीलाई पक्राउ गर्न थालेको भन्दै त्यसको बिरोधमा आज(मंगलबार)देखि बिक्री बितरण नगरी बसेका हुन् ।उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार बिहान कालिमाटी तरकारी बजार अनुगमन गरेको थियो ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago