सरकारले आफैं बिक्री-वितरण गर्न थालेपछि तरकारी व्यवसायी पछि हटे, भोलिदेखि बजार खुल्ने

काठमाडौं  । सरकारले बिभिन्न नाकाबाट तरकारी बोकेर आएका गाडीलाई निन्त्रणमा लिएर आफै बिक्री-वितरण गर्न थालेपछि कालिमाटीमा ब्यापारीहरु पछि हटेका छन् ।


नेपाल फलफूल तथा तरकारी ब्यवसायीमहासंघले मंगलबारदेखि बिक्री बितरण ठप्प गरेपछि सरकार आफै अघि सरेको हो ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुर र बाराबाट तरकारी लिएर आएका गाडीलाई नियन्त्रणमा लिएर प्रहरीको सहयोगमा बिक्री गर्न थालेको हो।

 

व्यवसायीले भोलिदेखि तरकारीको बिक्री वितरण कार्यक्रम यथावतै राख्दै आन्दोलन भने नरोक्ने निर्णय गरेका छन्।कृषकलाई पर्ने मर्कालाई ध्यानमा राखेर बिक्री वितरण सुरु गर्न लागेको तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष खुमप्रसाद घिमिरेले जानकारी दिए ।

महासंघले अनुगमनको क्रममा बील बिजक नभएको अभियोगमा व्यबसायीलाई पक्राउ गर्न थालेको भन्दै त्यसको बिरोधमा आज(मंगलबार)देखि बिक्री बितरण नगरी बसेका हुन् ।उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको टोलीले सोमबार बिहान कालिमाटी तरकारी बजार अनुगमन गरेको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago