शान्तिसुरक्षा र सुशासन लाई प्राथमिकतामा राखेर कार्य गर्छु : प्रजिअ खनाल

भबिन्द्र गौतम,पाल्पा, भदौ ५ ।

प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले जिल्लालाई सुचना मैत्री जिल्लाको रुपमा विकास गर्ने बताएका छन् । हालै पाल्पा जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा आएका खनालले आईतबार ११ औं राष्ट्रिय सूचना दिवसको अवसर पारेर पत्रकारहरु सँग कुराकानी गदै जिल्लाका सबै कार्यालयहरुलाई सूचना मैत्री बनाउन योजनाबद्ध रुपमा काम गर्ने बताएका हुन् ।

प्रजिअ खनालले जिल्लामा शान्ती सुरक्षा कायम गर्दै, प्रशासनिक क्रियाकलापलाई चुस्त दुस्त बनाउन सक्रिय भएर लाग्ने पनि बताएका छन । उनले शान्ती सुरक्षा सँगै, शुसासन कायम राख्न, भौतिक पूर्वाधार अन्र्तगत विकास निर्माणका काममा सक्रिय रहने बताए । धनकुटा, कञ्चनपुर डोटी लगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसकेका प्रजिअ खनालले समयमा काम सम्पन्न नगरेका निर्माण व्यवसायीहरुको नाम लिष्ट प्रशासन कार्यालयमा आईसकेकाले कार्यालय प्रमुख र निर्माण व्यवसायीहरुलाई जुटाएर भौतिक पुर्वाधार निर्माणको विषयमा चासो दिने प्रजिअ खनालले बताए ।

मालपोत र नापी कार्यालयमा अप्रत्यक्ष रुपमा लेनेदेनको कारोवार हुँदै आएकाले नियन्त्रण गर्न पत्रकारहरुले प्रजिअ खनाललाई सुझाव दिएका थिए । तानसेन बुटवल सडक ५ बर्ष हँुदा सम्म मर्मत नभएको, माडी चक्रपथ सडकको ग्रावेल भत्किएको, अर्चले स्वास्थ्य चौकीको भवन १० बर्ष हँुदा सम्म हस्तानतरण नभएको, बजारमा १ बर्षदेखी अनुगमन नभएको, ट्राफिक व्यवस्थापन राम्रो नभएको, स्थानीय तहमा अनियमिता बढ्दै गएकाले सोही अनुसार भुमिका खेल्न पत्रकारहरुले सुझाव दिएका छन् ।

कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेश कुमार अर्याल, बरिष्ठ पत्रकार मेघराज शर्मा, पुर्व अध्यक्ष गोविन्द भट्टराई, भगवान भण्डारी लगायतका पत्रकारहरुले प्रजिअ खनालाई केही काम गर्छु भन्ने ईच्छा शक्ति जगाएर काम गर्न सुझाव दिएका थिए । जिल्लाको शान्ती सुरक्षा, शुसासन कायम गर्न सक्रिय भुमिका खेल्न प्रजिअ खनाल लाई पत्रकारहरुले आग्रह गरेका छन् । पाल्पाको मदनपोखरामा जन्मिएका प्रजिअ खनालले शारदा मावीबाट एसएलसी र त्रिभुवन बहुमुखी क्याम्पसबाट स्नातक अध्यन पास गरेका हुन ।

२०३९ साल देखी निजामती सेवामा प्रवेश गरेका खनाल तेस्रो सहसचिवको रुपमा जिल्ला प्रशासन कार्यालयमा पाल्पामा आएका हुन । यस अघि सह सचिवको रुपमा बाबुराम गौतम र विष्णु प्रसाद ढकाल पाल्पाको प्रजिअ रुपमा काम गरेका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago