तानसेन नगरपालिकाको फोहोर तथा सुरक्ष्या ब्यबस्थापनका लागि सिसिटिभी

भबिन्द्र गौतम
पाल्पा, ५ श्रवण ,
सुन्दर तानसेन अभियान अन्तर्गत तानसेन नगरपालिकाले नगरको सुरक्षा तथा फोहोर व्यवस्थापनका लागि सिसिटिभी बाट निगरानी गर्ने भयको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा नगरपालिकाले यस्तो काम अगाडि बढाएको हो । शुक्रवार तानसेन नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा जानकारी गराइएको हो ।आर्थिक वर्ष २०७५ ।०७६ का लागि तयार गरिएको नीति कार्यक्रम तथा बजेटको सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमा नगरपालिकाका मेयर अशोककुमार शाहीले सिसि क्यामेरा र नगरपालिकाको तयारीबारे समेत जानकारी गराए । नगरपालिकाका बिभिन्न शाखा र बजार क्षेत्रमा सिसि क्यामेरा जडानको काम भइरहेको छ । जसले तानसेनको सरसफाइ र सुरक्षाका लागि महत्त्वपूर्ण भुमिका खेल्ने छ । कार्यक्रममा मेयर शाहीले अघिल्लो वर्ष सडक वर्षको रुपमा लिएको नगरपालिका आगामी वर्षहरुमा पनि मोटरबाटोलाई प्राथमिकता दिने सुन्दर नगरपालिका निर्माणको लागि बिभिन्न योजनाहरु बनाइयको र नगरका सबै क्षेत्रबाट आउने सेवाग्राहीहरु सबै गाडी चढेर आउने अवस्था बनाउने तर्फ नगरपालिका लागिपरेको समेत बताए ।समग्र तानसेनको विकासका लागि नगरपालिकाले दीर्घकालिन योजना, मोटरबाटोको स्तरोन्नती, सिंचाई खानेपानीको ब्यवस्थापन, समृद्धिका लागि सहकारी, बिपन्न र अपांगता भएका बालबालिकाहरु लाई पनि शिक्षा, जनताको घर दैलो र समुदायमा मेयर, लागयत कार्यक्रमका साथमा पर्यटन प्रवर्धनका लागि बिभिन्न रचनात्मक कार्यक्रमहरु, बोटे समुदायमा फुसको छानो रहित घर अभियान, बिपन्न समुदायको स्वास्थ्य बिमा, युवा रोजगारीका लागि प्रवर्धन, खेलकुद तथा लक्षित समुदाय कार्यक्रमलाई यस वर्ष पनि नगरपालिकाले निरन्तरता दिएको प्रमुख शाहीले जानकारि गराएका छन् ।सबै योजना सफलताको लागि सबै क्षेत्रको रचनात्मक सहयोगको आवश्यकता रहेको समेत बताए । कार्यक्रममा तानसेन नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत किर्तनराज पौडेलले ८० करोड १३ लाख १० हजार बरावरको अनुमानित व्यय विवरण पेश गरे । कार्यक्रममा सहभागी बक्ताहरुले स्थानीय सरकार समुदायमैत्री बन्दै अघिल्लो आवमा भएका काम तथा आगामी वर्षका कार्यक्रम र त्यसको प्रभावकारिताका विषयमा नगरपालिका सुश्म रुपमा अध्ययन गर्नुपर्ने बताए । मेयर शाहीको अध्यक्षता र बरिष्ठ कार्यक्रम अधिकृत दुर्गा बहादुर थापाको संचालनमा कार्यक्रम चलेको थियो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago