भबिन्द्र गौतम
पाल्पा, ८ बैशाख
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मा बिमा गरायका रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ छहराका ताराबहादुर खत्री र होमबहादुर पौडेलको मृत्यूदावी रकम भुक्तानी गरेको छ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी मा बिमा गरायका दुवै जनाको मृत्यूभएपछि मृत्यू दावी वापतको रकम उहाँहरुको श्रीमती गोमा खत्रीलाई १ लाख र इन्द्रकुमारी पौडेललाई १ लाख ६५ हजार रुपैंयाको चेक शाखा प्रमुख उमापति गैर र प्रमुख अतिथि वडा अध्यक्ष विष्णु पोखरेलले सयुक्त रुपमा हस्तान्तरण गर्नुभयो ।
१ लाखको विमा गरेको खत्रीले दम्पति अमृत विमा र पौडेलले सावधिक विमा गरेका थिए । मृत्यूभएपछि उनीहरुको मृत्यूदावी वापतको विमा रकम गाउँमै गएर भुक्तानी गरिएको प्रमुख गैरेले बताउनुभयो । जिवन विमा आवश्यक भएको बेलामा गर्न नसकिने र विमा गर्नु अत्यावश्यक रहेकोले सबैले आफ्नो विमा गर्न आम नागरिकमा आग्रह गर्नुभयो । कम्पनीमा खत्रीले ६ किस्ता र पौडेलको ८ किस्ता रकम भुक्तानी भएको थियो । उहाँको निधन पश्चात विमाङ्क रकम र बोनस वितरण गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष विष्णु पोखरेलले पशुपक्षी र चौपायको समेत विमा गर्ने समयमा मानिसको विमा गर्नु अत्यावश्यक रहेको बताउनुभयो । जीवन बिमाले केही भयपनी राहतको महसुस दिने हुदा सबैले जीवन बिमा गर्न आवश्यक देखियको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…