फिफा वरियतामा नेपाल एक स्थानमाथि

काठमाडौँ, ४ असोज फिफा वरियतामा नेपालको अवस्था एक स्थान सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्जजनिक गरेको पछिल्लो वरियतामा नेपाल १६०औँ स्थानमा रहेको छ ।

गत महीना नेपाल १६१औँ स्थानमा थियो । बङ्गलादेशमा हालै सम्पन्न साफ च्याम्पियनसिपको प्रदर्शनका आधारमा नेपालको वरियतामा सुधार आएको हो । फिफाले निकालेको नयाँ वरियतामा नेपाल दक्षिण एशियाली राष्ट्रमा तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेको छ । भारत र माल्दिभ्स क्रमशः ९७औँ र १५१औँ स्थानमा रहेका छन् । भूटान, बङ्गलादेश, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ १९३, १९९ र १९९औँ स्थानमा छन् ।

नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम र फ्रान्स संयुक्तरुपमा पहिलो स्थानमा छन् । दुवै टोलीको १७२९ नम्बर रहेको छ । तेस्रोमा ब्राजिल, चौथोमा क्रोएशिया र पाँचौँ स्थानमा उरुग्वे रहेको छ ।
यस्तै इङ्ग्ल्याण्ड छैटौं , पोर्चुगल सातौँ, स्विट्जरल्याण्ड आठौँ, स्पेन नवौँ र डेनमार्क दशौँ स्थानमा रहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय तथा घरेलु प्रतियोगिताका आधारमा फिफाले प्रत्येक महीना वरियता सार्वजनिक गर्दै आएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago