प्रचण्ड स्वदेश फर्किए, चीन भ्रमण सफल भएको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । प्रचण्डले भने, ‘दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।’भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नाङकिङमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्न आफूलाई निमन्त्रण गरिएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई देशका पार्टीको सम्बन्ध सुदृढ गर्ने बारेमा वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिले गम्भिर छलफल भयो ।’ उनले छलफलमा दुईवटा पार्टीका केन्द्रीय पार्टी स्कूलका बीचमा नियमित विचार तथा अनुभवको आदानप्रदान गर्न संरचनाको विकास गर्ने ठोस सहमति भएको बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भने, ‘दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।’अध्यक्ष प्रचण्डले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, ‘सि जिङ फिङ विचार’ लाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ ।

तेस्मा भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल भएको जानकारी दिए ।अध्यक्ष प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका सचिवालय सदस्य बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतले स्वागत गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago