प्रचण्ड स्वदेश फर्किए, चीन भ्रमण सफल भएको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रचण्डले आफ्नो चीन भ्रमण दुई पार्टीबीचको सम्बन्ध विस्तार र दुई सरकारबीच भएका सम्झौता कार्यान्वयनमा केन्द्रित रहेको बताएका छन् ।चारदिने चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भ्रमणका क्रममा नेपाल र चीनबीच भएका यातायात तथा पारवहन सम्झौताको प्रोटोकलको कार्यान्वयका पक्षमा विभिन्न कोणबाट छलफल भएको जानकारी दिए ।

दुई पार्टीबीचको सम्बन्ध सुदृढ गर्न त्यहाँको नेतृत्व वर्गसँग आफूले गम्भीररुपमा छलफल गरेको बताउँदै उनले आफ्नो चीन भ्रमण सफल भएको दाबी गरे । प्रचण्डले भने, ‘दुई वटा सरकारकाबीच भएका पछिल्ला सहमति र समझदारी समयबद्ध ढङ्गबाट कार्यान्वयनका निम्ति वातावरण बनाउने मुख्य उद्देश्यमा सफलता मिलेको छ ।’भ्रमणका क्रममा आफूले चीनका उपराष्ट्रपतिसँग छुट्टै र सामूहिक रुपमा छलफल गरेको जानकारी दिँदै अध्यक्ष प्रचण्डले विदेश विभागका उपमन्त्री, अन्तर्राष्ट्रिय विभागका मन्त्रीसँग दुई पार्टी र सरकारको सम्बन्ध विस्तार गर्ने विषयमा सौहार्दपूर्ण तवरले विचार विमर्श भएको बताए ।

अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा नाङकिङमा भएको अन्तर्राष्ट्रिय गोष्ठीमा सम्बोधन गर्न आफूलाई निमन्त्रण गरिएको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘दुई देशका पार्टीको सम्बन्ध सुदृढ गर्ने बारेमा वैचारिक, राजनीतिक, साङ्गठनिक दृष्टिले गम्भिर छलफल भयो ।’ उनले छलफलमा दुईवटा पार्टीका केन्द्रीय पार्टी स्कूलका बीचमा नियमित विचार तथा अनुभवको आदानप्रदान गर्न संरचनाको विकास गर्ने ठोस सहमति भएको बताए ।

अध्यक्ष प्रचण्डले पछिल्लो समयमा दुवै देशमा सकारात्मक वातावरण रहेको विषयमा चिनियाँ नेता र हाम्रो बीचमा समान समझदारी देखिएको बताउँदै भने, ‘दुवै देशका पार्टीले विकास र समृद्धिलाई मुख्य कार्यसूची बनाएको र राजनीतिक नेतृत्व तथा स्थिरता दुवै देशमा कायम हुँदै गएको भन्ने विषयमा समान समझदारी बनेको छ ।’अध्यक्ष प्रचण्डले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशन भई नयाँ नीति निर्माण भएको, ‘सि जिङ फिङ विचार’ लाई संश्लेषण गरेको र आउने सन् २०५० सम्म चीनलाई विश्वकै बलियो समाजवादी राष्ट्रका रुपमा विकसित गर्ने उद्देश्य खडा भइ सकारात्मक वातावरण बनेको छ ।

तेस्मा भने नेपालमा पनि दुई ठूला पार्टीको बीचमा एकता भएर दुईतिहाई बहुमतको कम्युनिष्ट पार्टी नेतृत्वको सरकार र पार्टीले समृद्धि र विकासलाई मुख्य कार्यसूची बनाएको छ । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीकै शान्ति र निःसस्त्रीकरणसम्बन्धी समितिको अध्यक्षको आयोजनामा भएको बैठकमा जापान र फ्रान्सका पूर्वप्रधानमन्त्री, कोस्टारिकाका पूर्वराष्ट्रपति र मङ्गोलियाका उपप्रधानमन्त्रीलगायत विश्वका नेतासँग सामूहिक छलफल भएको जानकारी दिए ।अध्यक्ष प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपाका सचिवालय सदस्य बामदेव गौतम, रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेल, नेताहरु सुवास नेम्वाङ, देव गुरुङ, अग्नि सापकोटालगायतले स्वागत गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago