नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा अन्तीम तयारी

अमेरिका शिकागो, लक्ष्मण न्यौपाने(आदर्श) । अमेरिकामा रहेका नेपालीहरुका पुराना र ठुला तिन संस्था एन्मा, नासिया र एएनएको संयुक्त सम्मेलन नेपाली नेशनल कन्भेसनका लागि शिकागोमा लगभग तयारी पुरा भएको आयोजक हरुले जनाएका छन् । शिकागोमा आईतबार सम्मेलन आयोजक समितिका पदाधिकारी, स्थानिय संघ संस्थाका प्रतिनिधी र पुर्व अध्यक्ष तथा संस्थाका सल्लाहकारहरुको संयुक्त बैठक बसेपछि सम्मेलनको तयारी लगभग पुरा भएको आयोजकहरुले जनाएका छन् ।

हरेक बर्ष लेबर डे सप्ताहन्तको अवसर पारेर एन्मा र नासियाले संयुक्त सम्मेलन गर्दै आएकोमा यस बर्ष देखी अर्को पुरानो संस्था एएनए पनि जोडिए पछि नेपाली नेशनल कन्भेसनको नाममा कार्यक्रम आयोजना हुन लागेको छ ।

नेपाली समाजको एकताको लागि भन्ने नाराका साथ हुन लागेको सम्मेलन ३ दिन सम्म चल्ने छ। सम्मेलन आयोजनाका लागि अहोरात्र खटिरहनुभएका सम्मेलनका संयोजक तथा एन्मा अध्यक्ष बाला घिमीरेका अनुसार ३ दिनकै लागि सम्पुर्ण कार्यक्रमहरु तयार भईसकेका छन् । आईतबार शिकागोमा रहेका नेपाली संघ संस्था र शिनियर हरुसँग भेला पछि आफुलाई थप उत्साह प्रदान भएको घिमीरेले बताउनुभयो ।

पुर्व प्रधानमन्त्री माधव नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको कार्यक्रममा कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्मा पनि कार्यक्रम आउने पक्का भएको छ । नेपालको पर्यटन प्रवद्धन तथा आर्थिक सहयता लगायतका बिभिन्न क्षेत्रलाई समेटेर आयोजना फोरमहरुका साथै चलचित्र अवार्ड, चर्चित कलकारहरुको कन्सट र सांस्कृतिक कार्यक्रमहरुले दर्शकहरुलाई ज्ञानका साथै मनोरञ्जन दिन आफुहरुले तयारी गरिरहेको सम्मेलनका सचिव डाक्टर दिवाकर दाहालले बताउनुभयो ।

दाहालका अनुसार आईतबार सांभ फिल्म फेस्टिबल आयोजना हुन लागेको हो । फेस्टिबलका लागि नेपालबाट भुवन केसी, अनमोल केसी, सुनिल थापा, निता ढुंगाना, सरिता लामिछाने लगायतका दुई दर्जन भन्दा धेरै कलाकारहरु आउने पक्का भईसकेको छ ।

अगष्ट ३१ देखि सेप्टेम्बर २ सम्म चल्ने सम्मेलनका लागि अमेरिकाको बिभिन्न राज्यबाट नेपालीहरुले रजिष्ट्रेशन गरिरहेको आयोजकहरुले जनाएका छन् । ३१ तारिख सांझ पुर्व प्रधानमन्त्री माधव नेपाल, बिश्वप्रकाश शर्मा, फिल्मी कलाकार लगायतसंग बिषेश डिनरको आयोजना समेत गरिएको छ । शिकागोमा रहेका नेपालीहरुका लागि बिषेश छुटका साथ सम्मेलनमा सहभागी गराउन लागेको पनि संयोजक बाला घिमीरेले बताउनुभयो ।

आईतबारको छलफलमा पुर्व अध्यक्ष तथा सल्लाहाकारहरुले सम्मेलन आयोजक समितिले गरेको कामहरुको प्रशंसा गरेका थिए भने स्थानिय संघ संस्थाका प्रतिनिधीहरुले आफुहरु शिकागोमा सम्मेलन भब्य रुपमा सफल पार्न आतुर रहेको बताएका थिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago