एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवन उद्घाटन सम्पन्न

जापान अगस्ट २० । जापानमा नेपालीहरुको सामुहिक लगानीमा संचालित एभरेष्ट इन्टरनेशनल स्कुलको नयाँ भवन उद्घाटन सम्पन्न। जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, सुगिनामी सिटीका मेयर र्‍यो तानाका, एन आर एन एशिया प्याशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा, स्कुलका अध्यक्ष डा. भूपालमान श्रेष्ठ, संचालक समितिका कार्यकारी सदस्य मेघराज नेपाल लगायतले संयुक्तरुपमा रिवन काटी भवनको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको आसनबाट आफ़्नो मन्तब्य राख्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले छोटो समयमै स्कुलले गरेको प्रगति र आफ़्नै भवनमा सर्न सफ़ल भएकोमा खुशी ब्यक्त गर्नुका साथै सम्बन्धित सबैमा बधाई ज्ञापन गर्नुभयो । नेपाली पाठ्यक्रम अनुसार खोलिएको बिदेश स्थित एक मात्र यस स्कुलले नमुना स्कुलको रुपमा आफ़ुलाई बिकास गर्नुपर्नेमा जोड दिंदै उहांले त्यसको लागि राजदूतावासको तर्फ़बाट निरन्तर सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

बिशेष अतिथिको रुपमा आफ़्नो शुभकामना मन्तब्य राख्दै सुगिनामी सिटीका मेयर र्‍यो तानाकाले सुगिनामी सिटीमा बसोबास गर्ने नेपालीहरुको संख्या गत ५ बर्षमा ५ गुणा बृद्धि भई हाल करिब २ हजार ८ सय जना पुगेको उल्लेख गर्दै यसमा एभरेष्ट स्कुलको प्रमुख भूमिका रहेको बताउनुभयो । आगामी दिनमा पनि स्थानिय बासिन्दाहरु सँगको सम्बन्ध प्रगाढ बनाउंदै यस स्कुल अघि बढ्नेमा आफ़ु बिश्वस्त रहेको उहांले बताउनुभयो ।

सो समारोहमा स्कुलका प्रिन्सिपल प्रदिप थापाले स्कुलको गतिबिधीको बारेमा जानकारी गराउनुभएको थियो भने स्कुलका बिद्यार्थीहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सुगिनामी सिटी काउन्सिलर फ़ुजिओ वातानाबे, डिकेसी बैंकका उपाध्यक्ष माकिओ आकाहिरा, विथ कम्पनी लिमिटेडका प्रमुख मासुमी फ़ुकुची, सेइवा कम्पनी लिमिटेडका प्रमुख यासुताका इइदा, ओगिकुबो चेम्बर अफ़ कमर्सका सेइइची जिचुकाता, एन आर एन एशिया प्यशिफ़िक क्षेत्रिय संयोजक किरणबिक्रम थापा लगायतले नयाँ स्कुल भवन उद्घाटनको उपलक्ष्यमा हार्दिक बधाई ज्ञापन गर्दै स्कुलको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो ।

एन आर एन आइसिसी अध्यक्ष भवन भट्टले पठाउनु भएको लिखित शुभकामना सन्देश पनि समारोहमा पढेर सुनाईएको थियो ।
समारोहको अन्तमा उपस्थितहरुलाई धन्यबाद तथा समापन मन्तब्य राख्दै समारोहका सभापति तथा स्कुलका अध्यक्ष डा. श्रेष्ठले यो स्कुल बिदेशमै एकमात्र नेपाली पाठ्यक्रम अनुसार पढाई हुने स्कुल भएकोले यसलाई नमुना स्कुलको रुपमा बिकास गर्ने दृढता ब्यक्त गर्नुभयो । साथै उहांले जापानमा नेपाली भाषा संस्कृति प्रवर्धनमा पनि यो स्कुलको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै गुणस्तरिय शिक्षामा पनि ध्यान दिंदै आगामी दिनमा अघि बढने बिचार ब्यक्त गर्नुभयो ।

उद्घाटन समारोहको संचालन एभरेष्ट स्कुलका संचालक समिति सदस्य सुजाता श्रेष्ठले गर्नुभएको थियो । सोही अवसरमा नेपाल र नेपाली चिनाउने प्रदर्शनी तथा स्कुलका बिद्यार्थीहरुको चित्रकला पनि प्रदर्शनी गरिएको थियो । स्मरण रहोस, गत नोभेम्बरमा करिब ३५ करोडको लगानीमा एभरेष्ट स्कुलले आफ़्नो नयाँ भवन खरिद गरेको थियो । सो स्कुलमा हाल नर्सरीदेखि कक्षा ८ सम्मका २ सय ५ जना बिद्यार्थीहरु अध्ययनरत छन् ।
तस्बिर :- बिष्णु सुबेदी

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago