प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी सहयोग लियर गाउँमा पुग्दा, गाउले हर्सित

भबिन्द्र गौतम, पोखरा, ६ असार
निर्जिवन बिमा ब्यवसायमा उत्कृस्ट बन्न सफल प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आज १६ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा शाखा कार्यालयले पोखराले गरिब तथा विपन्न वर्गका पचास भन्दा बढी परिवारलाई लत्ता कपडा र खाद्यान्न वितरण गरेको छ । कास्कीको लेखनाथस्थित पैतेडाँडामा रहेका गरिब तथा विपन्न परिवारलाई सहयोग गरेको हो । पैतेडाँडा मा रहेको टोल विकास समिति संगको सहकार्यमा कम्पनीका पश्चिमाञ्चल क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठ र पैतेडाँडा टोल विकास समिति अध्यक्ष लक्ष्मी परियारले झुल सहित खाद्यान्न वितरण गरेका हुन् । खाद्यान्न तथा लत्ता कपडा सहयोग लिएर इन्स्योरेन्सका प्रतिनिधि गाउँमा पुग्दा गाउलेहरु हर्सित थिय । अधिकांश दलित वस्ती रहेको पैतेडाडाका स्थानीय बासिन्दाहरुले गाउँमै आएर गरेको सो सहयोगप्रति अध्यक्ष परियारले आभार प्रकट गर्दै आगामी समयमा पनि सहयोगको अपेक्षा गरिन ।

कार्यक्रममा कम्पनीका क्षेत्रीय प्रबन्धक राजेश श्रेष्ठले कम्पनिको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापना दिवसको अवसर पारेर सहयोग गर्न पाउदा निकै नै हर्सित भयको बताय । यसै अवसरमा बिमा र जोखिम बारे जानकारी गराउदै बिमा के हो र किन गरिन्छ भन्ने चेतना मुलक जानकारी दिन आवश्यक रहेको बताय । वितरण समारोहमा कम्पनीका प्रवीण गिरी, बाबुराम अधिकारी, पत्रकार ऋषिराम दाहाल, विजय नेपाल,अमृत सुबेदी र कृष्ण रानाभाट लगायत उपस्थित थिए । वीरगञ्जमा रजिष्टर्ड कार्यलय रहि काठमाडौंमा प्रधान कार्यालय रहेको सो कम्पनीले देशभर ४१ शाखा कार्यालय मार्फत सेवा दियको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago