उत्तर कोरियाको चेतावनीपछि ट्रम्प-मुन फोनवार्ता

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिदै आएको छ । अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो ।

टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ट्रम्पलाई भेट्न मुन आउदो मङ्गलबार वासिङ्टन जान लाग्नुभएको छ । उत्तर कोरिया र अमेरिकाको शिखर बार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङ्टन जान लागेका हुन् ।

उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच आउदो जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ ।

Bishawas Acharya

Recent Posts

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago

सुनसरी–१ मा हर्कराज राई (हर्क साम्पाङ) विजयी, मेयरबाट राजीनामा दिएर बने सांसद

सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…

56 years ago