अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीचमा आइतबार उत्तर कोरियाको बारेमा फोनवार्ता भएको छ । अमेरिकासँगको शिखर बैठक नगर्ने भनी उत्तर कोरियाले चेतावनी दिएपछि भएको यस कुराकानीलाई महत्वका साथ हेरिएको छ । फोनवार्ता उत्तर कोरियामा नै केन्द्रित भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अमेरिकाले यसअघिको सहमति विपरित संयुक्त सैन्य अभ्यासका विषयमा विवाद उत्पन्न गराएको भन्दै उत्तर कोरियाले अमेरिकासँगको शिखर वार्ता नगर्ने चेतावनी दिदै आएको छ । अमेरिकासँगको विवादकै कारण उत्तर कोरियाले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँगको बैठक पनि अन्तिम समयमा आएर स्थगित गरेको थियो ।
टेलिफोनमा भएको ट्रम्प र मुनको कुराकानीका क्रममा दुई देशले अझ नजिक भएर सहकार्य गर्ने समझदारी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । ट्रम्पलाई भेट्न मुन आउदो मङ्गलबार वासिङ्टन जान लाग्नुभएको छ । उत्तर कोरिया र अमेरिकाको शिखर बार्तालाई सफल बनाउने वातावरण बनाउन भन्दै मुन वासिङ्टन जान लागेका हुन् ।
उत्तर कोरियाका नेता किम जोङ उन र अमेरिकाका राष्ट्रपति ट्रम्प बीच आउदो जुन १२ तारिखमा सिंगापुरमा शिखर वार्ता गर्ने तय भएको छ ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…