बनेपा, मङ्सिर ३: काभ्रेको बनेपा अाईटी पार्क परिसर नजिकै अर्धनग्न अवस्थामा एक युवतीको शव भेटिएको छ । बिहान ५ बजे आफ्नै आमालाई कलेज पढ्न जान लागेको भनेर हिडेकी २० बर्षीय सुधा केसी २ घण्टाको अवधिमा अर्धनग्न अवस्थामा घरबाट लगभग ३ सय मिटरको दुरीमा रुखमा झुन्डिएको अवस्थामा फेला परेकि हुन् । मृतकले आफूले लाएको पाँच वटा लुगा फुकालेर रुखको फेदमा राखी ब्रा र पेन्टीमात्रै लगाएर झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।मृतकको शरीरमा कुनै चोटपटक नभएको र आलुबारीमा फुकालेर राखेका लुगामा पनि कुनै चोटको निशाना नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी दीपक गिरीले बताए । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको उनले जानकारी दिए । घटनाको प्रारम्भिक अनुसन्धानबाट युवतीले आत्महत्या गरेको प्रहरीको भनाइ छ ।
काभ्रे बहुमुखी क्याम्पसमा स्नातक पढ्दै गरेकी सुधाले घटना घट्नुभन्दा अघिल्लो दिनसम्म कुनै असाधारण व्यवहार नदेखाएको परिवारका सदस्यले बताएका छन । यद्यपि सानोतिनो विवाद भने पर्ने गरेको मृतककी आमाले बताएकी छिन। मृतक सुधाको आमाले भनिन, ‘ राति आफ्नै सानिमा र मसँग गफ गरेर बसेकी छोरी बिहान ३ बजे उठेर मोबाइल चलाउदै गर्दा मोबाइल नचला भनेर गाली गरेकी थिए। सधै बिहान उठेर चिया पकाउन भान्छामा छिर्ने गर्थी तर आज मूल ढोका खोलेर बाहिर निस्केकी थिइ, कहाँ गई भनेर खोज्दा झुन्डिएको अवस्थामा फेला परि।’ छोरीले कलेजमा तनाब मात्र हुन्छ भनेरकेहि दिन देखि पढ्न जान इच्छा नगरेको समेत उनले बताइन।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…