काठमाण्डौ, कार्तिक २ ।
नेपाल राष्ट्र बैँकले दसैँको बेलामा रुपैयाँमा अनावश्यक केरमेट नगर्न, नोट नच्यात्न सर्वसाधारणलाई आग्रह गरेको छ । दसैँको समयमा नयाँ नोट साट्ने र दसैँ सकिएलगत्तै नयाँ नोटलाई पुरानो बनाउने बानी नागरिकमा भएकाले त्यसो नगर्न र पैसाको जतन गर्न राष्ट्र बैँकले आग्रह गरेको हो ।
राष्ट्र बैँकले गत असोज २१ गतेबाट दसैँका लागि नयाँ नोट बाँडेको थियो । सञ्चारकर्मीसंग कुरा गर्दै राष्ट्र बैँकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले नोटलाई जतन गरेर प्रयोग गर्न आग्रह गर्नु भयो । भदौबाट लागु भएको नयाँ मुलुकी ऐनमा पनि पैसामा केरमेट गरे, फोहोर गरे वा च्याते ५ हजार जरिवाना र तीन महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…