विश्वास आचार्य, १९ सेप्टेम्बर, टोकियो । नेपालका चर्चित टेलिभिजन का पत्रकार रबी लामिछाने सेप्टेम्वर २१ तारिक शुक्रबार ६ बजे टोकियो को नाकानो जेरो हल मा नेपाल पत्रकार महासंघ जापान शाखा को आयोजनामा हुन गाइरहेको अन्तरक्रिया कार्यक्रम सहभागी हुन जापान आउँदै छन ।
रबी लमिछाने जापान प्रबेश गर्ने भन्ने सुने पछी केहि समय यता सेलाएको कुरा डाक्टर क्रिस नाम ले चिनिएका गोबिन्द तिवारी लगाएत आसे पासे हरुमा त्रास पैदा भएकोछ । के रबी लमिछाने ले फेरी यो कुरा तदारुका साथ जापान आउँदा यो कुरा लाई उठाउलान् फेरी ? जापानमा रहेका आम नेपाली ले २१ तारिक कुर्नु पर्नेछ ।
यता नेपाल पत्रकार महासंघ जापान शाखा ले सेप्टेम्बर २१ तारिक आफ्नो तेश्रो साधारणसभा, महासंघद्वारा प्रकाशित ‘प्रवास पत्रकारिता–२’ स्मारिकाको बिमोचन र रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रम को प्रचार-प्रसार ब्यपक रुपमा तिब्र पार्दै गएकोछ ।
महासंघ ले साधारणसभा सेप्टेम्वर २१ तारिक शुक्रबार टोकियोको शिनओकुवो स्थित नेपाली मुराहल सोलमारीमा हलमा दिन को १२ बजेट बाट सुरु गर्दैछ भने रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रम तेही दिन २१ तारिक साझ ६ बजे बाट ८ बजे सम्म टोकियोको नाकानो जेरो हल मा गर्दैछ ।
आफ्नो दुबै कार्यक्रम को तयारी पुरा भएको साथै २१ तारिक को दुबै कार्यक्रम मा निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजक ले हामि लाई जानाकारी गराएकोछ । महासंघ ले सबै पत्रकार हरु लाई दुबै कार्यक्रम मा र रवी लामिछानेसंगको विशेष अन्तरक्रिया कार्यक्रम मा विभिन्न संघसंस्थाका पदाधिकारी, बिद्यार्थी , पेशाकर्मी, ब्यवसायी, तथा जापानबासी सम्पूर्ण नेपालीहरुलाई उपस्थित भईदिनुहुन अनुरोध गरेकोछ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…