एएफसी यू १६ फुटबल आजदेखि, नेपालले फिलिपिन्सको सामना गर्दै

काठमाडौँ – एएफसी यू–१६ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र फिलिपिन्स भिड्दैछन् । आगामी वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको पहिलो चरणमा समूह ‘इ’को छनोट खेलमा नेपालले आज फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । शसस्त्र प्रहरी बलको हल्चोकस्थित मैदानमा दिउँसो ३:३० बजे खेल हुनेछ । पहिलो चरणमा विभिन्न चार टोलीले प्रतिस्पर्धा गर्दैछन् । जसमा घरेलु टोली नेपालसहित फिलिपिन्स, म्यानमा र मलेसिया छन् ।

उक्त प्रतियोगिताको खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।नेपालले दोस्रो खेलमा म्यानमासँग शुक्रबार खेल्नेछ । छनोटको अन्तिम खेलमा नेपालले मलेसियासँग आगामी आइतबार खेल्नेछ । समूहको शीर्ष दुई टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन् । फाइनल चरणमा आठ टोलीले खेल्नेछन् । आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि यसअघि नै छनोट भइसकेका छन् ।

खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण शुरु – ज्येष्ठ ब्याड्मिण्टन एकेडेमीले आयोजना गर्दै आएको ज्येष्ठ खुला राष्ट्रिय ब्याड्मिण्टनको तेस्रो संस्करण आजदेखि शुरु भएको छ ।चार दिनसम्म बसुन्धारास्थित एकेडेमीको आफ्नै कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ विधामा प्रतिस्पर्धा गराइने एकेडेमीले जनाएको छ । प्रतियोगिताअन्तर्गत पुरुष र महिला एकल खुला, पुरुष युगल खुला र पुरुष युगल टप २०, यू–१५ महिला र पुरुष खुला, मिश्रित युगल खुला, मास्टर ३५ वर्षमाथि र मास्टर ४५ वर्षमाथि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा कूल पुरस्कार राशि रु तीन लाख ८० हजार छ । नौ वटै विधामा पहिलोदेखि तेस्रो हुनेले पुरस्कार प्राप्त गर्नेछन् ।पुरुष एकलको विजेताले रु ३० हजार, दोस्रो हुनेले रु १५ र तेस्रोले रु १० हजार प्राप्त गर्नेछन् । यस्तै महिला एकल, पुरुष युगल खुल्ला र पुरुष युगल टप २० बरियताबाहेकको विजेताले समान रु २५ हजार प्राप्त गर्नेछन् । मास्टर ३५ वर्षमाथि, मास्टर ४५ वर्षमाथि र मिश्रित युगल खुलाको विजेताले समान रु २० हजार र यू–१५ महिला र पुरुषको विजेताले १६÷१६ हजार पाउनेछन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago