जापानका महामहिम राजदूत सहित सबैलाई नाचाउदै २२औ रोधी सम्पन्न ।

जापान अगष्ट १९, बिस्वास आचार्य । नेपालको सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी मेलिना राई र लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्णा गुरुङ को धमाका को प्रतुती मा तमुधी जापान ले भब्बे रुपमा २२ औ रोधीं सॉझ आज अगष्ट १९ तारिक आईतबार टोकियोको मेगुरो कुमिन सेन्टरमा सम्पन्न गरेकोछ ।

कार्यक्रम लाई औपचारिक रुपमा चित्र गुरुङ ले सन्चालन गर्नु भएकोथियो । कार्यक्रममा तमुधीं जापानकी अध्यक्ष अनिता गुरुङ सभापति मा सम्पन्न २२ औ रोधी साझ मा प्रमुख अतिथि नेपाली राजदुतावास जापानका महामहिम राजदूत प्रतिभा राणा रहनुभएको थियो । विशिष्ठ अथिति हरुमा बिजय थकाली , अोम गुरुङ सूक्मान तमाङ NRNA जापानका उपाध्यक्ष शिव पौडेल रहनुभएको थियो । कार्यक्रममा अतिथिहरु मा पत्रकार महासँघ जापान शाखा का अध्यक्ष मोहन घले, सरद गौचन साथै जापानमा रहेका संघसंस्थाहरुको प्रमुख तथा प्रतिनिधीहरु रहनु भएकोथियो ।

औपचारिक उदघाटन :-
कार्यक्रम लाई औपचारिक रुपमा उदघाटन महामहिम राजदूत राजदूत प्रतिभा राणा लागाएत सभापति र विशिष्ठ अतिथिहरु ले गर्नु भएकोथियो । कार्यक्रम नेपालीको राष्ट्रिय गित बजाएर सुरु गरिएको कार्यक्रम मा उपस्थित सबैलाई तमुधी जापानका उपध्यक्ष अमर गुरुङ स्वागत मन्तब्बे बाट सबैलाई स्वागत गर्नु भएकोथियो ।

कार्यक्रम मा शुभकामना मन्तब्बे राख्दै :-
गल्कोट समाज जापान कि उपाध्यक्ष कालिका कार्की ले बोल्दै तमुधी जापानमा माहिला अध्यक्ष गराई एउटा काम गर्ने मौका दिनुहुने तमुधी जापानका सबैलाई धन्यवाद दिदै दिनुभयो । आदिबासी महासंघका सह अध्यक्ष शुक्मान तमाङ ली रोधी को बारेमा रो भनेको साथी धी भनेको घर यसलाई सबै साथीहरु मिलेर बस्ने घर हो भन्दै आफ्नो बिचार राख्नु भएकोथियो । NRNA जापानका उपाध्यक्ष ले तमुधी को सम्बन्ध पुरानो रहेको आफ्नो सस्था सँग रहेको बताउनुभयो । महामहिम राजदूत राजदूत प्रतिभा राणा जू ले नेपाल को कला, संस्कृति को माध्धेम ले चिनाउन तमुधी को कला, संस्कृति लाई फेस्टिबल मा समाबेश गरिने बताउदै शुभकामना मन्तब्बे राख्नु भएकोथियो ।

कार्यक्रम मा महामहिम राजदूत राजदूत प्रतिभा राणा जू लाई सस्था को तर्फबाट मायाको चिनो दिएको थियो । कार्यक्रम लाई औपचारिक कार्यक्रम समापन गर्दै तमुधीं जापानकी अध्यक्ष एबम कर्यकम को सभापति ले अनिता गुरुङ ले सगयोगी मन अनि उपस्थित सबै लाई कर्यकम सफल गराउनु भएकोमा धन्यवाद बेक्त गर्नु भएकोथियो ।


जापानको आयोजनमा वार्षिक दुई कार्यक्रम आयोजन हुने गर्दछ । जनवरीमा ल्होसार सॉझ र अगष्ट महिनामा रोधीं सॉझ, यो वर्षको रोधीं सॉझ को सांस्कृतिक कर्यकम उक्तमान गुरुङ र आस्था गुरुङ सन्चालन गर्नु भएकोथियो भने लोकदोहोरी क्षेत्रमा चर्चित गायिका कृष्णा गुरुङ ले जापानका महामहिम राजदूत प्रतिभा राणा लाई समेत गित गाएर नाचु गराउदै नचाउनु भयो भने अर्की सुगम संगित तथा नेपाली फ़िल्म गितहरुमा चर्चित स्वर दिएकी गायिका मेलिना राई ले सबै उपस्थित नेपाली हरुलाई नाचाउदै कार्यक्रम मा धमाका रुपमा आफ्नो प्रस्तुती दिनु भयो ।

२२ औ रोधीं सॉझमा नेपालबाट आमन्त्रित कलाकारहरू सहित स्थानिय कलाकारहरूको पनि बेजोड़ प्रस्तुति बाट गुरुङ जातिमा सांस्कृतिक चाडको रुपमा मनाउने रोधींलाई पनि संस्कार र संस्कृति को संरक्षण गर्दै कार्यक्रम सम्पन्न भयो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago