प्रम ओलीको सम्बोधनमा , तीन सांसदले बैठक बहिस्कार गरे

प्रदेश २ । २ नम्बर प्रदेश सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको विशेष सम्बोधनको कार्यक्रममा उपस्थित भएका राजपा नेपालका ३ जना सांसदले बहिष्कार गरेका छन् ।

सभा सञ्चालनको घन्टी बजे लगत्तै सभामा सभामुख सरोजकुमार यादव र प्रधानमन्त्री ओली उपस्थित भएपछि राष्ट्रिय गान बज्यो । राष्ट्रिय गान पूरा भएलगत्तै सभामुख सरोजकुमार यादवले बैठक सञ्चालन हुन्छ भनेका के थिए, राजपा नेपालका ३ जना सांसद उठेर बोल्न थाले । सर्लाहीका सांसद उपेन्द्र महतो, सर्लाहीकै अर्का सांसद गौरी नारायण साह र सप्तरीका सांसद बिक्की यादवले उठेर प्रधानमन्त्री ओलीको सम्बोधनको विरोध गर्न थाले ।

सभामुख यादवले ‘आज सांसद ज्यूले बोल्न पाउनुहुन्न, तपाईंहरू बस्नुस्’ भन्दा पनि उनीहरूले मानेनन् । प्रधानमन्त्री ओलीको विशेष सम्बोधनको कुनै औचित्य र आवश्यकता नरहेको भन्दै बैठक सम्बोधनलाई बहिष्कार गर्दछौं भन्दै उनीहरू प्रदेश सभाबाट बाहिरिएका थिए ।

‘अचानक प्रम ओलीलाई प्रदेश सभामा आएर सम्बोधन गर्ने मन भयो, उहाँ आइहाल्नुभयो । न त उहाँको आज जन्मदिन थियो, न त कुनै विशेष अवसर वा विशेष परिस्थिति,’ बैठक बहिष्कार गरेर बाहिरिएका सांसद महतोले  भने ‘एकातर्फ मधेश आन्दोलनका जायज मागहरू सम्बोधन भएका छैनन्, हाम्रा निर्वाचित जनप्रतिनिधि रेशम चौधरीमाथि झूटा मुद्दा लगाएर जेलमा थुनिएका छन्, सांसदको प्रमाणपत्रसम्म दिएका छैनन्, संविधान संशोधन भएको छैन, त्यसकारण प्रम ओलीको सम्बोधन बहिष्कार गरेका छौं ।’

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका भतिजा समेत रहेका महतोले भने, ‘विगतमा पनि मधेश आन्दोलनका समयमा ओलीले मधेश विरोधी अभिव्यक्ति दिएर जनता मात्र होइन, शहादत दिने सहिदको समेत अपमान गरेका थिए । ओलीले प्रदेशमा आउनुभन्दा पूर्व मधेशी जनतासँग माफी माग्नुपर्थ्यो ।’ बहिष्कार गर्ने सांसद विगतमा राजेन्द्र महतोले नेतृत्व गर्ने सद्भावना पार्टीको पृष्ठभूमिका हुन् ।

सम्बोधन अगावै प्रधानमन्त्रीसँग वार्ता

राजपा नेपालका केही सांसदले सम्बोधनलाई बहिष्कार गर्न सक्ने कुरा सञ्चारमाध्यममा पहिले नै आइसकेपछि प्रदेश सभामा पुग्ने बित्तिकै प्रधानमन्त्री ओलीले महतोलाई बोलाएर सम्झाउने प्रयास गरेका थिए । सभामुखको कार्यकक्षमा बोलाएर ओलीले बहिष्कार नगर्न भनेर महतोलाई सम्झाएका थिए ।

‘प्रधानमन्त्री ओलीले मलाई बोलाएर विश्वमा कहीँ पनि प्रधानमन्त्रीले गर्ने विशेष सम्बोधनका क्रममा कुनै पनि सांसदले बहिष्कार गर्ने चलन छैन, तपाईं पनि बहिष्कार नगर्नुस् भनेर मलाई भन्नुभएको थियो,’ भने, ‘तर, रेशम चौधरीको सपथ ग्रहण तथा रिहाइको कुरा प्रम ओलीसँग भन्दा कानूनको प्रक्रिया हो । अदालतमा चलेको कुरा हामीले हस्तक्षेप गर्न मिल्दैन । तै पनि केही प्रक्रिया अगाडि बढाएको छु भनेर उहाँले जवाफ दिनुभएको छ ।’

प्रधानमन्त्री ओलीले राजपाको शीर्ष नेतृत्व र अध्यक्ष मण्डलसँग वार्ता र छलफल भइरहेको भनेर असन्तुष्ट सांसदलाई मनाउन खोजेपनि सांसदले मानेनन् । मधेशका जनताको जनप्रतिनिधि रहेकाले आफूले विरोध गर्न पाउनुपर्ने सोचेर नै बैठक बहिष्कार गरेको महतोले बताए । बैठक बहिष्कार नगर्न भनेर सभामुख सरोजकुमार यादव र राजपा संसदीय दलका नेता जितेन्द्रप्रसाद सोनलले समेत महतोलाई भनेका थिए ।

महतोका अनुसार संसदीय दलका नेता तथा सरकारमा राजपाको तर्फबाट नेतृत्व समेत गरिरहेका भौतिक विकास मन्त्री सोनलले ‘बरु सदनमा उपस्थित नै नहुनुस्, सिधा बहिष्कार गर्नुस्, तर सदनमा उपस्थित भइसकेपछि प्रधानमन्त्री ओलीको सम्बोधन बहिष्कार गर्न मिल्दैन, नगर्नुस्’ भनेर निर्देशन नै दिएका थिए । संसदीय दलका नेता सोनलले स्पष्टीकरण सोध्छन् भने जवाफ दिन वा कारवाही भोग्न तयार रहेको महतोले बताए ।

राजपाका तर्फबाट सदनमा उपस्थित भएका मन्त्री रामनरेश राय यादवले भने सांसदले बहिष्कार गर्न पाउने उनको स्वतन्त्रता रहेको भन्दै बचाउ गरेका छन् । ‘सम्बोधन बहिष्कार गरेर माननीय ज्यूहरूले कुनै गल्ती गर्नुभएको छैन, त्यो उहाँहरूको अधिकार हो, कारवाही हुने कुरै आउँदैन,’ मन्त्री यादवले लोकान्तरसँग भने ।

प्रधानमन्त्रीको शनिवारको विशेष सम्बोधनमा १ सय ७ जना सांसदमध्ये २१ सांसद अनुपस्थित थिए । राजपाका ३ जना सांसदले बहिष्कार गरेपनि सदनमा उपस्थित सांसदहरू रामनरेश राय, जयनुल राईन, जितेन्द्र सोनल, अन्जु कुमारी, जानकी शरण साह, निलम देवी भुमिहारनी, नेत्रविक्रम साह, बाबुलाल साह कानु, बिन्देश्वर प्रसाद यादव, रमेश प्रसाद कुर्मी, बबिता कुमारी चौधरीले सदनमा सम्बोधन सुनेका थिए ।

शनिवारको बैठकमा राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह, मन्त्री नाबालकिशोर साह सूडी, राज्यमन्त्री डिम्पल झा, अभिराम शर्मा, सुरेशकुमार मण्डल, सांसद अल्का झा, नीराकुमारी साह, मनिषकुमार सुमन, रानी कुमारी तिवारी, सुरीता कुमारी साह, रीना यादव अनुपस्थित थिए ।

‘सरकारको निर्देशन अनुसार सत्तापक्षका सांसद सदनमा उपस्थित भएपनि सम्बोधनका क्रममा सत्ता पक्षका कुनै पनि सांसदले ताली बजाएनन्,’ संघीय समाजवादी फोरम नेपालका सांसद राम आशिष यादवले भने, ‘प्रम ओलीको सम्बोधनले सत्तापक्षका सांसदलाई खुशी बनाउन सकिएन । अहिले कुनै विशेष परिस्थिति नै थिएन, यस्तो परिस्थितिमा प्रम ओलीले विशेष सम्बोधन नगर्दा राम्रो हुन्थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago