तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ले गर्ने भएको छ

काठमाडौं– मोबाइल बिग्रिने समस्याले चिन्तित हुनुहुन्छ वा हराउने विभिन्न कारणले ? चिन्ता लिनुपर्देन,अब तपाई हामी ढुक्क हुन  सक्छौ, तपाईको मोबाइलको रक्षा ‘मेरो सुरक्षा’ मोबाइल प्रोटेक्शन प्लानले गर्ने भएको छ। नेपालमै पहिलो पटक सञ्चालनमा आएको मोबाइल प्रोटेक्शन प्लानले मोबाइलका प्रयोगकर्ताको हैरानीको अन्त्य गर्ने भएको छ।

मेरो सुरक्षा प्रालिले स्मार्टफोनको सुरक्षाको लागि ‘मेरो सुरक्षा स्मार्टफोनको गर्छ रक्षा’ नामक योजना सुरु गरेको छ। मेरो सुरक्षाका अनुसार जुनसुकै स्मार्टफोन ड्यामेज भएमा, हराएमा वा चोरी भएमा मोबाइलका प्रयोगकर्ताले प्रोटेक्शन प्लान अन्तर्गत नयाँ मोबाइल पाउने छन्। साथै कम्पनीले हराएको सम्पूर्ण डाटा रीकभर गरी प्रयोगकर्तालाई नयाँ मोबाइल सेट उपलब्ध गराई टेन्सन मुक्त जीवनमा सहयोग गर्नेछ।

 मोबाइल  आगो वा पानीले भौत्तिक रुपमा नोक्सान पुगेमा,कुनै कारणले चर्किएमा,मेरो सुरक्षाको योजना अनुसार प्रयोगकर्ताले सबै डाटासहित मर्मत सम्भार तथा नयाँ मोबाइल   मेरो सुरक्षाले उपलब्ध गराउनेछ ।

अहिलेको आधुनिक युगमा, स्मार्टफोन जुनसुकै कारणले पनि ड्यामेज हुनसक्छ, हराउन सक्छ।स्मार्टफोन अनिवार्य बनिसकेको  व्यस्त दैनिकीको ध्यानमा राखेर मेरो सुरक्षाले मोबाइल प्रोटेक्शन प्लान सुरु गरेको हो’, मेरो सुरक्षाका प्रमुख कार्यकारी अधिकृत प्रेम सुनवारले भने।

यो सेवा पाउनका लागि भने सेवाग्राहीले आफ्नो मोबाइल भ्यालुको ५ प्रतिशत रकम वार्षिक रुपमा मेरो सुरक्षालाई भुक्तान गर्नुपर्ने हुन्छ। प्रयोगकर्ताले गुगल प्लेस्टोर तथा एप्पलको एप स्टोरबाट मेरो सुरक्षा नामको मोबाइल एप इन्स्टल गरी प्रोटेक्सन प्लान एक्टिभेट गर्नु पर्ने हुन्छ। प्लान एक्टिभेट गर्दा खल्ती, आई पेका साथै १५ वटा वाणिज्य बैंक र डोर टू डोर अप्सनबाट रकम भुक्तानी गर्न सकिने मेरो सुरक्षाले जनाएको छ।

यसरी प्लान एक्टिभेट गरेका मोबाइल प्रयोगकर्ताको मोबाइल हराएमा वा बिग्रिएको दाबी गरेको ७ दिनभित्र अर्को नयाँ मोबाइल पाउने छन्।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago