गोबिन्द लमिछाने नबलपुर :- विकु साकोसको संचालकहरुको क्षमता अभिबृद्दी तालिम पोखरामा सुरु भयकोछ l बिकु बचत तथा ऋण सहकारी संस्थाको संचालक समिति लेखा तथा सुपरिवेक्षण समिति ,विभिन्न उपसमितिका संयोजक र केही अगुवा कर्मचारीको माघ ५ गते देखि ८ गते सम्म क्षमता अभिबृद्दी तालीम संचालन भएको छ। यो तालिम नेफ्स्कुनको प्राबिधिक सहयोग मा बिकुको आयोजनामा भएको हो ।
पोखराको घारीपाटन स्थित होटल जलमहल मा भएको उक्त तालिम बाट समितिले थप उर्जा र कार्ययोजना लिएर फर्कने बिश्वास लिएको छ ।५० पैसा बाट गैंडाकोट बाट सुरु भएको विकु आज ठूलो पुंजी सहित प्रमुख कार्यलय सहित ११वटा सेवा केन्द्र मार्फत नवलपुरको चोरमारा सम्म आफ्नो सेवा दिएको छ ।
संचालक संग भएको क्षमतालाई बिकु संग जोडेर सदस्यको मुहार हसाउन यो तालिमले सहयोग पुर्याउने नेप्सुनका सदस्य सेवा बिभाग प्रमुख एबं तालिमका सहजकर्ता दुर्गा प्रसाद ढकालले बताउनु भयो ।
यस तालिमबाट संचालक हरुको भुमिका र जिम्मेवारीलाई बिशेष जानकारी सहित उर्जा प्रदान हुने बिश्वास लिएको बिकुका निबर्तमान अध्यक्ष एबं मात्री संस्था भिडिआर सि का अध्यक्ष हरीलाल सापकोटा ले बताउनु भयो ।
कार्यक्रमका प्रमुख ब्याक्तीत्व नेप्सुनका संचालक भिम बहादुर गुरुङ ले तालिम को शुभकामना व्यक्त गर्नुभयो । तालिम उद्घाटनका अध्यक्ष बिकुका अध्यक्ष केशवप्रसाद सापकोटाले “जुन भाग हाम्रो अँध्यारो छ त्यो भागमा उज्यालो दिनको लागि अभिभावक संस्था नेप्स्कुनलाई अनुरोध गर्नु भएको थियो ।नेपालको र बिदेशको प्रबिधि भित्र्याउदै बिकु अगाडी जाने अध्यक्ष सापकोटाले बताउनु भएको थियोे ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…