मदन कृष्ण श्रेष्ठको शल्यकृया सफल , पहिलो पटक यस्तो शल्यकृया

काठमाडौँ, २ असोज । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ ।

शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।

उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देब्रेपट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago