काठमाडौँ, २ असोज । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको पार्किन्सस रोगको सफल शल्यक्रियापछि उनको स्वास्थ्यमा सुधार आएको छ । अन्नपूर्ण न्यूरो अस्पतालले सोमबार जारी गरेको विज्ञप्तिमा श्रेष्ठको बिहीबार सो रोगको शल्यक्रिया गरिएको उल्लेख छ ।
शल्यक्रिया डा रेशा श्रेष्ठ र डा वसन्त पन्तले गरेका थिए । कलाकार श्रेष्ठमा नौ वर्षदेखि सो रोगको लक्षण देखा परेपछि चार वर्षदेखि दिमागको दाहिनेतर्फको भागमा बढी समस्या भएकोले देब्रेपट्टीको भागमा शल्यक्रिया गरिएको हो । दिमागको दाँहिने भागमा समस्या देखिएमा देव्रेपट्टी शल्यक्रिया गर्नुपर्ने हुन्छ ।
उक्त शल्यक्रिया सो अस्पतालमा पहिलो पटक गरिएको हो । कलाकार श्रेष्ठको शल्यक्रियापछि सो सेवालाई नियमित रुपमा सञ्चालन गर्ने अस्पतालले जनाएको छ । कलाकार श्रेष्ठको देब्रेपट्टी पनि समस्या देखिन थालेकोले नयाँ तार नयाँ ठाउँमा पुनः राखी पुरानै पेसमेकरमा जडान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…