मन बिनाको धन ठुलोकी धन बिनाको मन’ गीतका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी र आशुशेन लामा जापान आउदै !

टोकियो: मन बिनाको धन ठुलोकी धन बिनाको मन” गीतका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी र साउथ एसियन स्टार गायक तथा संगीतकार आशुशेन लामा टोकियो आउने भएका छन ।
नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा हुने “नमस्ते साँझ २०१८” कार्यक्रमको लागी उहाहरू जापान आउन लाग्नु भएको हो | कार्यक्रम यहि सेप्टेम्बर ३० मा “मेगुरो कुमिन सेन्टर’ मा हुने आयोजक तथा संघका अध्यक्ष टासी लामाले बताउनु भएको छ |

नेपालि सांगीतिक आकासमा ‘वान म्यान आर्मी’ को रुपमा चिनिएका टंक बुढाथोकीका ‘काली तिम्रो नजरैले’, ‘घन्टी बज्यो मनको’, ‘तिमीले बाटो फेर्यौ अरे’, ‘रुपै मोहनी’ ‘उत्तरका होस् या दक्षिणकि’ जस्ता दर्जनौ उत्कृस्ट गितहरु छन् | संगीत, रचना, अरेन्जर र गायन सबै विधामा अब्बल गायक बुढाथोकीका पछिल्लो चरणमा मिलन आमात्यसंग गाइएको सुमधुर युगल गित ‘तिमीले साथ दियौ भने‘ श्रोताले खुबै रुचाय | यो गितले YouTube मा अहिले सम्म करिब २.३ मिलियन भ्युवर पाइसकेका छन् |

उहाको पछिल्लो समयमा गाइएको ‘मन बिनाको धन ठुलोकी’ भन्ने गीत चर्चामा छ | यो गीतले अहिले झन्डै सबै रेकर्ड तोड्न सफल भए भने सडक बालक असोक दर्जीलाइ चर्चाको सिखरमा मात्र पुर्याएन उहाको जिबन नै बदलि दिए भने बुढाथोकी बालक असोक दर्जीको भाग्यमा भगवान भइ उदाएर साचिकै ‘धन बिनाको मन ठुलोकी’ सब्द संगीतको बास्तबिक एथार्थता समेत बने |

उही ‘वान म्यान आर्मी’ स्टार कलाकारसंग हुने साँस्कृतिक कार्यक्रममा उपस्थित जनाइ दिनु हुन जापानमा रहने सम्पूर्ण ब्यबसाही, बुद्धिजीबी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण नेपालीहरुलाई ‘नेपाल तामाङ कलाकार संघले आग्रह समेत गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago