मन बिनाको धन ठुलोकी धन बिनाको मन’ गीतका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी र आशुशेन लामा जापान आउदै !

टोकियो: मन बिनाको धन ठुलोकी धन बिनाको मन” गीतका चर्चित गायक तथा संगीतकार टंक बुढाथोकी र साउथ एसियन स्टार गायक तथा संगीतकार आशुशेन लामा टोकियो आउने भएका छन ।
नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा हुने “नमस्ते साँझ २०१८” कार्यक्रमको लागी उहाहरू जापान आउन लाग्नु भएको हो | कार्यक्रम यहि सेप्टेम्बर ३० मा “मेगुरो कुमिन सेन्टर’ मा हुने आयोजक तथा संघका अध्यक्ष टासी लामाले बताउनु भएको छ |

नेपालि सांगीतिक आकासमा ‘वान म्यान आर्मी’ को रुपमा चिनिएका टंक बुढाथोकीका ‘काली तिम्रो नजरैले’, ‘घन्टी बज्यो मनको’, ‘तिमीले बाटो फेर्यौ अरे’, ‘रुपै मोहनी’ ‘उत्तरका होस् या दक्षिणकि’ जस्ता दर्जनौ उत्कृस्ट गितहरु छन् | संगीत, रचना, अरेन्जर र गायन सबै विधामा अब्बल गायक बुढाथोकीका पछिल्लो चरणमा मिलन आमात्यसंग गाइएको सुमधुर युगल गित ‘तिमीले साथ दियौ भने‘ श्रोताले खुबै रुचाय | यो गितले YouTube मा अहिले सम्म करिब २.३ मिलियन भ्युवर पाइसकेका छन् |

उहाको पछिल्लो समयमा गाइएको ‘मन बिनाको धन ठुलोकी’ भन्ने गीत चर्चामा छ | यो गीतले अहिले झन्डै सबै रेकर्ड तोड्न सफल भए भने सडक बालक असोक दर्जीलाइ चर्चाको सिखरमा मात्र पुर्याएन उहाको जिबन नै बदलि दिए भने बुढाथोकी बालक असोक दर्जीको भाग्यमा भगवान भइ उदाएर साचिकै ‘धन बिनाको मन ठुलोकी’ सब्द संगीतको बास्तबिक एथार्थता समेत बने |

उही ‘वान म्यान आर्मी’ स्टार कलाकारसंग हुने साँस्कृतिक कार्यक्रममा उपस्थित जनाइ दिनु हुन जापानमा रहने सम्पूर्ण ब्यबसाही, बुद्धिजीबी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पूर्ण नेपालीहरुलाई ‘नेपाल तामाङ कलाकार संघले आग्रह समेत गरेका छन् ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago