३ भदौ, काठमाडौं । शनिबारबाट काठमाडौंमा दैनिक थप ३ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको छ । सुन्दरीजलमा बनेको नयाँ प्रशोधन केन्द्रबाट बागमतीको पानी थपेर वितरण थालिएको हो ।
सुन्दरजलस्थित प्रशोधन केन्द्रमार्फत थपिने पानी महांकालको संकलन केन्द्रसम्म ल्याएर अन्यत्र वितरण गरिएको हो ।
बागमतीको पानीलाई नयाँ ‘टि्रटमेन्ट प्लान्ट’मा शुद्धीकरण गरिनेछ । दशैंसम्म मलेम्चीबाट १७ करोड लिटर पानी काठमाडौं ल्याउने योजनामा साथ काम भइहेको छ । काठमाडौंमा पानीको माग बढ्दै गएकाले सरकारले बागमतीको पानी वितरण लाइनमा थपेको हो ।
अहिले मेलम्चीको पानी आएपछि वितरण गर्न पाइपलाइन बिछ्याउने काम भइरहेको छ । मेलम्चीको सुरुङ फिनिसिङको काम पनि अघि बढेको छ भने हेडवक्र्समा अस्थायी संरचना तयार गरेर पानी काठमाडौं ल्याउन काम हुँदैछ ।
मेलम्चीको काम अझै नसकिएकाले पानी कहिले काठमाडौं आइपुग्छ भन्ने टुंगो छैन । यस्तो अवस्थामा खानेपानी संस्थानले थप ३ करोड लिटर पानी वितरण सञ्जालमा थपेको छ । यसले सर्वसाधाराणलाई रहात पुग्ने दावी खानेपानी तथा सरसफाइ मन्त्रालयको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…