काठमाडौं । महिन्द्रा ग्रुपले स्कोर्पियो गाडिलाई विगत १५ वर्षदेखि निरन्तरता दीईरहेको छ । आजका दिन सम्म अझ धेरै नयाँ सुविधा एवं विशेषताले सुसज्जित गरी प्रस्तुत गरेको छ । यससँगै उच्च टर्ग पावर, नयाँ ५ स्पीड ट्रान्स्मिसन, उच्च कार्य क्षमता, आकर्षक स्टाइलिङ्ग तथा आरामदायी यात्राको लागि उच्च सुविधा युक्त रहेको छ ।
महिन्द्राका यस्ता सुविधाहरुले नेपालका कुनै पनि सडकहरुमा आरामयादी यात्राको अनुभव प्रदान गर्नेछ । नयाँ सुविधाहरु भएको स्कोर्पियो गाडी ४ वटा विभिन्न मोडेलहरुमा उपलब्ध रहेको छ ।
उपलब्ध रहेका मोडेलहरु – S4, S5 (4WD), S7, S11 (4WD)
नयाँ स्कोर्पियोले नेपालमा नयाँ मानकका रुपमा स्थापित भई गौरबका साथ नम्बर १ स्थानमा रहने छ । यसमा विद्यमान उच्च क्षमता, साहासिक एवं रोमान्चलाई समेट्दै आज हामीले नयाँ विशेषता एवं सुविधा युक्त स्कोर्पियोको आन्तरिक क्षमतालाई अझ बढाएका छौं ।
मलाई पूर्ण रुपमा विश्वास छ कि ग्राहकहरुले यो नयाँ स्कोर्पियोलाई आफ्नो रोमाञ्चक एवं साहसिक यात्रामा साथ दिनुहुने छ । ” भन्ने कुरा सन्जय जादव, महिन्द्रा एण्ड महिन्द्राका इन्टरनेशनल अपरेशन (साउथ एशिया) का भाइस प्रेसिडेन्टले व्यक्त गर्नुभयो ।
यस उपलक्षमा बोल्दै, अग्नि ग्रुपका म्यानेजिङ्ग डाइरेक्टर क्याबिनेट श्रेष्ठले “नेपाली सडकमा महिन्द्राका यो स्पोर्ट युटिलिटि भइकल एउटा प्रतिकका रुपमा रहने छ । विगत १५ वर्षदेखि निरन्तर यसले यो सेगमेन्टमा आफ्नो प्रभुत्व जमाइरहेको छ ।
हालै यसमा भएको नयाँपनले, लक्जरीयस कम्फोटको साथ सम्पूर्ण रोड तथा अफ रोडहरुमा हामीले वेग्लै पहिचान स्थापित गर्ने छौं । नेपालको अर्थ तन्त्र पर्यटन उद्योगद्वारा सञ्चालित छ र पर्यटन उद्योगमा हाम्रो यो गाडीले वर्षैदेखि निरन्तर साथ दिंदै आएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…