प्रसिद्ध ऐतिहासिक तथा धार्मिक क्षेत्र
शनिबार नयाँ वर्ष मनाउन र पुजाआजाका लागि विभिन्न ठाउँबाट दर्शनार्थीहरु मन्दिरमा आएका थिए । विशेष गरि नयाँ वर्ष, अष्ठमी र दशैँको दिन मन्दिरमा भिड लाग्ने गर्दछ । मनोकांक्षा पुरा हुने विश्वासका साथ टाढा टाढाबाट भक्तजनहरु आउने गर्दछन् ।
मन्दिरका पुजारी केशव खनालले प्रत्येक नयाँ वर्षमा भक्तजन बढ्ने गरेको बताए । ‘हिन्दु धर्मावलम्वीहरुले धार्मिक पूजा आराधना मार्फत दिन र वर्षको सुरुवात गर्ने गर्छन्’ उनले भने, ‘त्यसैले नयाँवर्षमा मन्दिरमा बढी भिड हुँदा भक्तजनहरुलाई कठिन समेत हुन्छ ।’
सात हजार भक्तजनले पुजा गरे
मन्दिरमा शनिबार सात हजार भन्दा बढिले पूजा गरेका छन् । मन्दिरमा बोका र भेडाको बलि दिने प्रचलन छ । मन्दिरका पुजारी खनालका अनुसार शनिबार ४० वटा बोकाको बलि दिइएको छ । मन्दिरमा दर्शन गर्न र घुम्नको लागि विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गर्दछन् ।
मन्दिरमा १२ जना पुजारी भएकोमा दुई जना ब्राह्मण, एक जना क्षेत्री र बाँकी मगर जातिका छन् । पुजाका लागी उनिहरु पालो गरेर मन्दिरमा आउने गरेको मन्दिर विकास समितिले जनाएको छ ।
दर्शनार्थीलाई सास्ती
गोरखकाली मन्दिरमा पुजा गर्न आउने भक्तजनले सास्ती पाएका छन् । मन्दिरमा भक्तजनलाई व्यवस्थित तरिकाले पुजाआजा गर्नको लागी ब्यबस्थापन गर्न नसक्दा भक्तजनले सास्ती खेपेको धादिङका कुमार श्रेष्ठले बताए । नवलपरासी देखी भिम अर्याल बिहान नै आएपनी तीन घण्टा लाइन बसेर पुजा गर्नुपरेको गुनासो गरेका छन् ।
शौचालय र पिउने पानीको समस्या
मन्दिर परिसरमा शौचालय नहुँदा दर्शनार्थीलाई समस्या छ । विशेष गरेर बालबालिकाले शौचालयको असुबिधा हुँदा मन्दिर परिसरमा नै शौच गर्न बाध्य छन् । गोरखाको प्रसिद्ध धार्मिक क्षेत्रका रुपमा परिचीत गोरखकाली मन्दिर बैशाख १२ गते गएको बिनाशकारी भुकम्पबाट क्षति भएको थियो । तर हालसम्म पनि मन्दिर पुनःनिर्माणमा ढिलाइ भएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…