पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेनको बनाइने

काठमाडाैं – सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ ।हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन तयारी भईरहेको छ।

नारायणघाट–बुटवल ११३ किलोमिटर विस्तार दुई महिनाभित्र सुरु हुँदै – पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ ।

सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए ।‘अबको झन्डै डेढ महिनाभित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ । इन्जिनियर शाक्यले भने, दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।

दुईवटै प्याकेजमा १४–१४ कम्पनीको प्रस्ताव – त्यस्तै, विभागले यसअघि नै कमलादेखि पूर्व सप्तकोसीसम्मको खण्ड सडक विस्तारका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ ।सो सडकखण्डअन्तर्गत दुईवटा प्याकेजमा बोलपत्रमा आह्वान गरिएको इन्जिनियर शाक्यले बताए । कमला नदीदेखि पूर्व सप्तकोसी खण्ड निर्माणका लागि आह्वान गरिएको दुईवटै बोलपत्रमा चोैध चौध वटा कम्पनीको प्रस्ताव परेको छ, उनले भने । विस्तार सुरु गर्न लागिएको खण्डमा सडक सुरक्षा तथा मर्मतको कामसमेत अघि बढाइने उनले बताए ।

बाँकी ८२७ किलोमिटरको अध्ययन हुँदै – कुल १ हजार २७ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि कोसीदेखि पूर्व काँकडभिट्टासम्म, कमलादेखि पश्चिम नारायणघाटसम्म र बुटवलदेखि पश्चिमको खण्डको अध्ययन तथा डिटेल डिजाइनलगायतका काम अगाडि बढाइएको उनले बताए ।तर, यी दुई खण्डबाहेक अन्य खण्डको विस्तारका लागि लगानी भने जुट्न सकेको छैन । तीन–चार वर्षभित्रमा अन्य खण्डको समेत विस्तार गर्ने लक्ष्य छ, विभागका प्रवक्ता गौतमले भने, अहिले काम भइरहेको खण्डमा एडिबीको सहयोग रहेको छ ।

एसियाली विकास बैंक (एडिबी)ले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत प्रदान गरेको १८० मिलियन अमेरिकी डलरको लगानीमा दुई खण्डको विस्तार, अध्ययन, सडक सुरक्षा र मर्मतको काम अघि बढेको हो । पूर्व–पश्चिम राजमार्ग पूरै विस्तार सक्न भने ५ देखि ७ वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।यो खबर आज शनिबार प्रकाशित ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago