पूर्व–पश्चिम राजमार्ग चार लेनको बन्दै, सहरी क्षेत्रमा भने आठ लेनको बनाइने

काठमाडाैं – सवारीसाधनको अत्यधिक चाप हुने पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी ८ लेनसम्मको बनाउने तयारीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग लागिपरेको छ ।हाल २ लेन रहेको राजमार्ग सहरी क्षेत्रमा ८ लेन र अन्य भागमा ४ लेनको बनाउन तयारी भईरहेको छ।

नारायणघाट–बुटवल ११३ किलोमिटर विस्तार दुई महिनाभित्र सुरु हुँदै – पूर्व–पश्चिम राजमार्ग विस्तार गर्ने योजनाअन्तर्गत २ सय किलोमिटर खण्डको विस्तार कार्य सुरु गर्ने ठेक्का प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।सो राजमार्ग विस्तारअन्तर्गत नारायणघाट–बुटवल ११३ किलोमिटर र कमला–सप्तकोसी ८७ किलोमिटरको विस्तार कार्य अन्तिम चरणमा पुगेको विभागका प्रवक्ता मुक्ति गौतमले बताए ।

हाल दुई लेनमा सञ्चालन भइरहेको सो राजमार्गलाई ४ लेनमा र सहरी क्षेत्रमा सर्भिस लेनसहित ८ लेनमा विस्तार गर्ने योजनाअनुसार काम अघि बढाइएको उनले जानकारी दिए ।‘नारायणघाट–बुटवल खण्डमा सवारीसाधनको चाप अत्यधिक भएकाले यो खण्ड सबैभन्दा पहिले सुरु गर्न लागिएको हो,’ उनले भने, यो खण्डको विस्तारका लागि कम्पनी छनोट भइसकेको छ, ठेक्का सम्झौता गर्न आउन छनोट भएको कम्पनीलाई आह्वानसमेत गरिसकिएको छ ।

सो खण्ड विस्तारका लागि विभागले चाइना सेट कन्स्ट्रक्सन कम्पनीलाई छनोट गरिसकेको विभागको आयोजना निर्देशनालयका इन्जिनियर प्रदीपराज शाक्यले जानकारी दिए ।‘अबको झन्डै डेढ महिनाभित्र सो खण्डको सडक विस्तार कार्यका लागि ठेक्का सम्झौता भइसक्नेछ । इन्जिनियर शाक्यले भने, दुई महिनाभित्र काम नै सुरु हुने अपेक्षा छ ।

दुईवटै प्याकेजमा १४–१४ कम्पनीको प्रस्ताव – त्यस्तै, विभागले यसअघि नै कमलादेखि पूर्व सप्तकोसीसम्मको खण्ड सडक विस्तारका लागि समेत बोलपत्र आह्वान गरिसकेको छ ।सो सडकखण्डअन्तर्गत दुईवटा प्याकेजमा बोलपत्रमा आह्वान गरिएको इन्जिनियर शाक्यले बताए । कमला नदीदेखि पूर्व सप्तकोसी खण्ड निर्माणका लागि आह्वान गरिएको दुईवटै बोलपत्रमा चोैध चौध वटा कम्पनीको प्रस्ताव परेको छ, उनले भने । विस्तार सुरु गर्न लागिएको खण्डमा सडक सुरक्षा तथा मर्मतको कामसमेत अघि बढाइने उनले बताए ।

बाँकी ८२७ किलोमिटरको अध्ययन हुँदै – कुल १ हजार २७ किलोमिटर लम्बाइको उक्त सडक विस्तारका लागि कोसीदेखि पूर्व काँकडभिट्टासम्म, कमलादेखि पश्चिम नारायणघाटसम्म र बुटवलदेखि पश्चिमको खण्डको अध्ययन तथा डिटेल डिजाइनलगायतका काम अगाडि बढाइएको उनले बताए ।तर, यी दुई खण्डबाहेक अन्य खण्डको विस्तारका लागि लगानी भने जुट्न सकेको छैन । तीन–चार वर्षभित्रमा अन्य खण्डको समेत विस्तार गर्ने लक्ष्य छ, विभागका प्रवक्ता गौतमले भने, अहिले काम भइरहेको खण्डमा एडिबीको सहयोग रहेको छ ।

एसियाली विकास बैंक (एडिबी)ले दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य (सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत प्रदान गरेको १८० मिलियन अमेरिकी डलरको लगानीमा दुई खण्डको विस्तार, अध्ययन, सडक सुरक्षा र मर्मतको काम अघि बढेको हो । पूर्व–पश्चिम राजमार्ग पूरै विस्तार सक्न भने ५ देखि ७ वर्षसम्म लाग्न सक्ने अनुमान गरिएको छ ।यो खबर आज शनिबार प्रकाशित ‘नयाँ पत्रिका’ राष्ट्रिय दैनिक अखबारमा छापिएको छ ।

Bishawas Acharya

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago