नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिए, क्रिसलको भनाइले सबैको आँखा रसाए

काठमाडौं : नेपाल आइडलको अन्तिम आठबाट धादिङका क्रिसल कँडेल बाहिरिएका छन्। ‘म हारेर गएको होइन, धेरै कुरा जितेर बाहिरिएको छु। नेपाल आइडलमा आउँदा मसँग केही पनि थिएन तर उत्कृष्ट आठबाट बाहिरिँदै गर्दा मसँग धेरै कुरा साथमा छन्’, बाहिरिएपछि उनले भने। क्रिसलले आफू इलिमेट भएको सुन्नासाथ व्यक्त गरेको यो भनाइले सबैको आँखा रसाएका थिए।

प्रतियोगिता भएकाले एकले जित्न अर्कोले हार्नैपनै नियम हुन्छ। यही नियम पछ्याउँदै कँडेल आइडलबाट बाहिरिए। जीवनभर गीतसंगीतमै लाग्ने प्रण गर्दै आगामी दिनमा अझ बढी मेहनत गर्ने वाचा गरे उनले। नेपाल आइडलजस्तो राम्रो प्लेटफर्म पाएकोमा आफूलाई निकै भाग्यमानी सम्झँदै उनले नेपाल आइडल कार्यक्रमको खुलेर प्रशंसा गरेका थिए। कार्यक्रममा सबैभन्दा साना उमेरका कँडेल सबै खालका गीतमा स्वरको जादु चलाउँछन्।

धादिङबेँसीका क्रिसल सानैदेखि गीत गाउने रुचि राख्थे। पोखरा अडिसनबाट नेपाल आइडलमा छनोट भएका क्रिसलले रेडियोमा गीत सुनेरै गीत गाउने सीप सँगालेका थिए। घरमा हुँदा उनका दाइले पनि गीत गाउने गर्थे।

गीत सुन्दै गर्दा जस्तो सुन्यो त्यस्तै गाउने कोसिस गर्छन् उनी। सांगीतिक यात्राको पहिलो गुरु नै रेडियोले बजाउने गीत रहेको उनी बताउँछन्।दैनिक ५ / ६ घण्टा संगीतको रियाज गर्ने क्रिसल संगीतलाई कुनै परिभाषाले समेट्न नसकिने बताउँछन्।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago