पर्वत समाजको शुभकामना आदन प्रदान सम्पन्न , नेचर र कल्चरको सहि उपयोग गरौ मन्त्रि लम्साल ।

टोक्यो अक्टोबर १७ ।  

जापान भ्रमण रहनु भएका गण्डाकी प्रदेशका पर्यटन, उधोग, बन तथा वातावरण मन्त्री विकाश लम्सालले सघियता कति सफल हुने भन्ने प्रश्नको उत्तर हाम्रो काम र उपलब्धीहरुले निर्धारण गर्ने बताउनु भएको छ । 

पर्वत समाज जापानको आयोजनामा भएको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै मन्त्रि लम्सालले कल्चर र नेचारको उपयोग गर्दै गण्डाकि प्रदेशमा २०२२ सम्म २० लाख पर्यटन भित्राउने लक्ष्य सहितको योजना बनाई २२ करोड़ विनियोजन गरी काम शुरु गर्ने जानकारी दिनु भयो । उहॉले प्रदेशमा रहेका उधोग र उर्जालाई कसरी बढाउन सकिन्छ त्यसको डिपिआर तयारी गर्ने र आउदो बर्षमा लगानि सम्मेलन गर्ने योजना रहेको जानकारी दिनु भयो । 

अन्तराष्ट्रीय ताल संरक्षणको सेमिनारमा सहभागि हुन जापान आउनु भएका मन्त्रि लम्सालले बन संरक्षणबाट हुने सम्बृद्दी र रोज़गारका बारेमा सोध शुरु गरिने जानकारी दिनुभयो। 

कार्यक्रममा प्रकृति संरक्षण कोषका पुर्व सदस्य सचिव जुद्द गुरुङले नेपालमा रहेको संरक्षणहरु क्षेत्रहरुबाट रोज़गार र आम्दानिको योजनाहरु बनाई लाग्नु पर्ने बताउनु भयो ।  

पर्वत समाज जापानका अध्यक्ष सुजन जोशिको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जापानमा रहेको पर्वतेहरु सहित प्रवासि नेपाली मंचका अध्यक्ष महेन्द्र श्रेष्ठ, जनप्रगतिशिल मोर्चाका अध्यक्ष हवल चन्द्र लामा, त्यस्तै मोर्चाका पुर्व अध्यक्षहरु अरुण श्रेष्ठ, वेलुकाजी थापा, ऑपचौर समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारी प्रवासि नेपाली मंचका बाबुराम भन्डारी, लगायतका वक्ताहरुले शउभकामना ब्यक्त गरेका थिए । 

 

कार्यक्रमको संचालन जनक सुबेदीले गर्नु भएको थियो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago