भारतले नेपालाई हवाई रुट दिन मानेन

काठमाडौ, असोज ३१ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैशाख अन्तिम साता गरेको नेपाल भ्रमणमा चारवटा हवाई रुट दिने सहमति भएको थियो । यसै विषयमा असार पहिलो साता दुई देशबीच सम्झौता पनि भयो ।

तर सम्झौताको चार महिनापछि भारतले आफ्ना सैनिक क्याम्प र बढ्दो हवाई चापलाई कारण देखाइ हवाइ रुट अनुमति दिन नसकिने बताएको छ ।

सम्झौता कार्यान्वयनको विषयमा छलफलका लागि नयाँ दिल्ली पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीलाई भारतीय अधिकारीले रुट अनुमति दिन नसक्ने बताएसँगै निर्माणाधिन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमै समस्या हुने देखिएको छ ।

पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थलको धमाधम निर्माण कार्य भइरहेको छ भने निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रक्रिया अगाडि बढाइएको छ । प्रधानमन्त्रीको तहमा सहमति भइ सम्झौतापत्रमा हस्ताक्षर नै भइसकेको अवस्थामा भारतले सुरक्षाको कारण देखाएर हवाइ रुट दिन नसक्ने बताउनु अर्थपूर्ण छ ।

अहिले युरोप, मध्यपूर्व लगायत मुलुकबाट नेपाल आउने विमानलाई काठमाडौँमा अवतरण गर्न सिमराबाट मात्रै प्रवेश गर्नुपर्ने बाध्यता छ। थप हवाइ रुटबारे भइसकेको सहमति कार्यान्वयनका लागि आवश्यक परे प्रधानमन्त्रीकै तहमा छलफल गर्नुपर्छ ।

नेपालले चीनसँग व्यापार सम्झौता गरेपछि रुष्ट बेको भारतले यो रुट नदिनुा त्यसैको रुपमा बुझिएको छ । नेपालले चीनका ७ वटा बन्दरगाहा प्रयोग गर्न पाउने गरि चीनसँग सम्झौता भएपछि भारतीय पक्षले नेपालमाथि शंका बढाएको त्यति बेलै बुझिएको थियो ।

सम्झौता भइ कार्यान्वयनको समयमा आएर भारतले हवाई रुट नदिनुमा यसैको रुपमा लिनुपर्ने एक कुटीतिज्ञले बताए ।

नेपालको पछिल्लो समय चीनसँग सम्बन्ध हरेक क्षेत्रमा विस्तार भइरहेको भन्दै भारतले असन्तुष्टि पोख्दै आएको छ । यो पटक उसको असन्तुष्टि नेपाललाई असहयोग देखिएको हो ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago