केपी अोलीलाई भेट्दा रोकिएनन् निर्मलाका बाबुआमाको आँसु ।

काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी बालिका निर्मला पन्तको परिवारलाई आज प्रधानमन्त्री केपीशर्मा ओलीले भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले निर्मलाकी आमा दुर्गादेवी, बाबु यज्ञराज पन्तसँगै सुदुरपश्चिमका नेता तथा अधिकारकर्मीहरुसँग भेट गर्नुभएको हो ।प्रधानमन्त्रीसँगको भेटको शुरुवातमा निर्मलाकी आमा दुर्गादेवीले घटनाबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्री ओलीले उहाँहरुलाई सान्त्वना दिदै भन्नुभयो तपाईले जन्माउनुभयो, हुर्काउनुभयो तर उनी देश कै छोरी हुन, उनको तस्विर देख्दा मलाई पनि अत्यन्तै पिंडा हुन्छ, यो हामी सबैको साझा समस्या हो । दोषी पत्ता लगाउन सकिन्छ, तपाईहरु ढुक्क हुनुस् ।’ प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले गठन गरेको शुरुको टिमले धोका दिएका कारण पनि समय लम्बिएको बताउनुभयो ।

उहाँले घटनाको सत्यतथ्य बाहिर ल्याउन केही समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो बिचार गरेर कस्लाइ भन्दिउ भनेर त हुँदैन, मुख्य दोषी को हो ? त्यसका बारेमा हामी गहिराइमा गएर अनुसन्धान गरिरहेका छौं ।’ उहाँले घटना अन्यत्र मोडिने गरि, छानविनमा समस्या पर्ने गरि, अपराधी पत्ता लगाउन गाहे पर्ने गरि वा कसैलाई मर्का पर्नेगरि केही गर्न नहुने बताउनुभयो । केही

समय अघिको एक घटना सुनाउदै उहाँले भन्नुभयो,–‘,अस्ति १३ बर्षपछि एउटा मानिसले अदालतबाट सफाइ पायो ।जेल बसेको १३ बर्षपछि पछि उ दोषी होइन रहेछ भन्ने थाहा भयो । १३ बर्ष त गम्भिर आरोप हो नी ? अहिले सफाई पायो । हो, कहिले कहिले यस्तो पनि हुन्छ । हामी चाहन्छौं, त्यस्तो घटना नहोस, दोषी नउम्कियोस् र निर्दोष व्यक्ति नफसोस् ।’

उहाँले कन्चनपुरको घटनाबारे आफुले सुरुवातको समयदेखि नै गम्भिर रुपमा लिएको बताउदै भन्नुभयो ,–‘घटनामा संलग्न जो सुकै होस्, धनको ठूलो, बलको ठूलो, ओहदाको ठूलो, दलको ठूलो, जोसुकै होस्, कोहीपनि होस्, पदको आढ लागेर अपराधी बच्न सक्दैन ।’ कुनै हिसाबले कोही अपराधी बलियो हुन नसक्ने बताउदै उहाँले अपराधीलाई कडाभन्दा कडा कारबाही गरिने बताउनुभयो ।पहिलेको छानविन समितिले कामगर्न नसकेपछि अहिले शक्तिशाली छानविन गठन गरिएको उहाँले जानकारी दिनुभयो ।

अपराधीलाई कसैले बचाउन सक्तैन । हामीले एकपछि अर्को छानविन गराइरहेकै छौ । डीआइजीको नेतृत्वमा अर्को टोली बनाएका छौं । ६ जना अधिकृतको टोली निलम्बन गरेका छौ । त्यहा संलग्न भएर छानविन भएकाहरुलाइ पनि निलम्बन गरेका छौ । उनीहरुसँग बयान लिएका छौ । वयान मात्र हैन कि उनीहरु अनुसन्धानको दायरामा पनि छन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘सत्य के हो ? कहाँ कहाँबाट पत्ता लाग्छ, त्यो हामीले खोजिरहेका छौ । केही नगरेको भएदेखि हामी लगातार यतिवटा टिम परिवर्तन गर्ने थिएनौं ।

प्रहरी अधिकृतहरुलाइ निलम्बन गरेर, कारबाही गरेर, फिर्ता बोलाएर, अरु पठाएर । यो सबै किन गथ्र्यो ? यो सबै गर्नुको कारण त त्यही हो नी ? हामी चाहन्छौं दोषी पत्ता लागोस् ।’ प्रधानमन्त्री ओलीले अपराधी अदालतबाट नउम्किने गरि यथार्थ ल्याउनु पर्ने बताउनुभयो । ‘आखिरी छानविन त राज्यले गर्ने हो । राज्य गम्भिर छ । राज्यले छानविन गहिराइसम्म पुगेर गर्छ’ उहाँले भन्नुभयो । निर्मला पन्तको हत्यारालाई राज्यले गहिराइसम्म पुगेर पत्ता लगाउने बताउँदै प्रधानमन्त्रीले भन्नुभयो निर्मलाको हत्याबाट ठुलो क्षति भइसक्यो । अव थप नोक्सानी फेरि नहोस् । नोक्सानी भयो भने त हाम्रै हुन्छ । झडप आन्दोलनले फेरि नोक्सानी नहोस् मेरो आग्रह छ ।

उहाँले अपराधीलाई सरकारले लुकाउन खोज्यो वा कारबाही गर्न चाहेन भन्ने नबुझ्न आग्रह गर्नुभयो । ‘हामी कडा ढंगले लागिरहेका छौं । अब तपाइहरु ढुक्क भएर जानुस्, हामी त्यसको गहिराइमा गरेर अपराधी पत्ता लगाउँछौ’ प्रधानमन्त्रीले भन्नुभयो । प्रधानमन्त्रीसँगको भेटमा निर्मलाका बाबुआमासँगै प्रदेश ७ का नेता भीम रावल, विना मगर, लेखराज भट्ट, निरु पाल, दिलेन्द्रप्रसाद बडु, एनपी साउद, रमेश लेखक लगायत सहभागि थिए ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago