एक दर्जन बढीको मृत्यु अमेरिकामा आँधी अझै बढदै

ग्रिफ्टोन, संयुक्तराज्य अमेरिका- संयुक्तराज्य अमेरिकाको दक्षिणपूर्वी क्षेत्रमा आँधी र बाढीको प्रकोप जारी रहेको समाचार छ । बाढी र आँधीबाट एक दर्जनभन्दा बढीको ज्यान गइसकेको र अरु हजारौँ नागरिक प्रभावित भएका छन् । दुई दिन अघिमात्र टेक्सास राज्यमा आपतकालीन स्थितिको घोषणा गरिएको थियो । सो क्षेत्रमा अहिले पनि बाढी र आँधी आइरहेका समाचारहरु प्राप्त भएका छन् । केही दिनयताको अविरल वर्षा र यसका कारण आएको व्यापक बाढीले ठूलो क्षति पुगेको छ । ती क्षेत्रमा आँधी पनि कायमै छ ।

आँधीले कैयौँ भौतिक संरचना उडाएको र ध्वस्त पारेको छ । टेक्सास राज्यका गभर्नर जर्ज अबोटले गत शनिबार मात्र त्यहाँका करिब ७८ काउन्टीमा आँधीको प्रभाव रहेकाले ती राज्यलाई नै आपतकालीन प्रभावित क्षेत्र घोषणा गर्नुभएको थियो । सोमबार प्राप्त समाचारमा यहाँको दक्षिणपूर्वी क्षेत्रहरुमा अविरल बाढी र आँधी जारी रहेका कारण यहाँ बाँधहरु फुट्ने र पहिरो जाने सम्भावना रहेको छ ।

अधिकारीहरुले प्राकृतिक प्रकोपका घटनामा अझ बृद्धि हुन सक्ने भन्दै यसप्रति सतर्कता अपनाउन पनि जोड दिएका छन् । यस प्रकोपले यहाँ अरबौँ अमेरिकी डलर बराबरको भौतिक सम्पत्तिको पनि क्षति पुगेको अधिकारीहरुले बताएका छन् । आँधीका कारण अहिलेसम्म १५ जनाको ज्यान गइसकेको छ । उत्तर र दक्षिणी क्यारोलिनामा अविरल वर्षा जारी छ । वर्षाका कारण ती क्षेत्रहरुका नदीको सतह अस्वाभाविक रुपमा बढेको छ ।

मौसमविद्हरुले वर्षा र बाढी अझै केही समयसम्म नरोकिने भन्दै नदी किनारका बस्तीहरुमा नबस्न सर्वसाधारणलाई आग्रह गरेका छन् । उनीहरुले नदीको सतह बढेर बस्तीतिर पनि पस्न सक्ने खतरा रहेको र यदि यसो भयो भने यसले ठूलो विपत्ति निम्त्याउने बताएका छन् । मौसमविद्हरुले उत्तरी क्यारोलिना र दक्षिण पश्चिमी भर्जिनियामा बाढीका कारण पहिरो आउन सक्ने बताएका छन् । साथै उनीहरुले ती क्षेत्रमा अहिलेसम्मकै भारी वर्षा भएकाले सबै सर्वसाधारण नागरिकलाई सतर्क रहन पनि आग्रह गरेका छन् ।

सरकारले ती क्षेत्रमा उद्धारका कामलाई पनि जारी राखेको बताएको छ । तर पनि भारी वर्षा र आँधीका कारण उद्धार कठिन भएको छ । आँधीका कारण सबैभन्दा बढी प्रभावित क्षेत्र उत्तरी क्यारोलिना हो । अधिकारीहरुले उत्तरी क्यारोलिनामा १० जना र दक्षिणी क्यारोलिनामा ५ जनाको ज्यान गएको बताएका छन् । अहिले नै निकै ठूलो संख्यामा नागरिक प्रभावित भएका र ती क्षेत्रमा आँधीको सम्भावना अझै नटरेकाले नागरिकलाई सतर्कता अपनाउन पनि सार्वजनिक सूचना जारी गरिएको छ ।

गत वर्षको अगस्टमा पनि टेक्सासमा आएको शक्तिशाली आँधीले जनधनको ठूलो क्षति पुगेको थियो । टेक्सासमा गत वर्ष ५० वर्षयताकै सबैभन्दा शक्तिशाली आँधी आएको थियो । मौसम अधिकारीहरुले आँधीको बेग ११० किलोमिटर प्रतिघण्टा रहेको बताएका छन् । उनीहरुका अनुसार कतिपय ठाउँमा ठूलो वर्षासमेत भइरहेको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago