काठमाडौं, भाद्र १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भ्रातृ संगठन विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियु’ राखिने भएको छ। आज बसेको विद्यार्थी एकता कार्यदलको बैठकले विद्यार्थी संगठनको नाम ‘अनेरास्ववियु’ वा छोटकारीमा ‘अखिल’ राख्ने निर्णय गरेको अनेरास्ववियुका अध्यक्ष नवीना लामाले जानकारी दिइन्।
यसअघि नेकपा (एमाले) निकट अनेरास्ववियु र नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नाम रहेका थिए। नेतृत्वमा अझै सहमति हुन सकेको छैन। नयाँ बन्ने सङ्गठनको नेतृत्वका लागि अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जीत तामाङ र अनेरास्ववियुका महासचिव ऐन महर, उपाध्यक्ष महेश बर्तौला र सचिव सुरेश पराजुली दाबेदार रहेका छन्।
क्रान्तिकारीका अध्यक्ष तामाङले भोलिसम्म नेतृत्व टुङ्ग्याएर नेकपाका महासचिव विष्णुप्रसाद पौडेललाई प्रतिवेदन बुझाउने बताए। केन्द्रीय कमिटीमा पनि ४९९ राख्ने सहमति भएको छ।
केन्द्रीय कमिटीमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने सहमति भएको छ। कार्यदलले विधान र राजनीतिक तथा शैक्षिक विषयमाथि थप अध्ययन गर्ने भएको छ। विधानका लागि अनेरास्ववियुका अध्यक्ष लामा र क्रान्तिकारीका तामाङ तथा राजनीतिक र शैक्षिक विषयका लागि अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेल र किशोरविक्रम मल्ल तथा क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ललाई जिम्मा दिइएको छ।
नेकपाको अर्को भ्रातृ सङ्गठन युवा सङ्गठनको युवा सङ्घ नेपाल र योङ कम्युनिष्ट लिग (वाइसिएल) अझै एकताको खाका टुङ्गिएको छैन। वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले नाम, नेतृत्व र केन्द्रीय कमिटीमा रहेने सदस्यको नाम अझै नटुङ्गिएको बताए। उनले छलफलकै क्रममा रहेकाले भोलिसम्म नाम, नेतृत्व र केन्द्रीय कमिटीको सङ्ख्यामा सहमति गरिने जानकारी दिए।
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…