टोकियो मा नेपाल भ्रमण वर्ष २०२० सँग समन्धित बृहत अन्तरक्रिया कार्यक्रम हुँदै

टोकियो, पर्यटनको क्षेत्रमा कार्यरत, अनुसन्धानरत तथा अध्ययनरत नेपालीहरुको संस्था नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रको प्रमुख आयोजना तथा सुदुरपश्चिम समाज जापान, राप्ती समाज, पर्वत समाज र युथ फर अलको सह–आयोजना मा ‘‘नेपालको पर्यटन प्रवद्र्धनमा विदेशमा बस्ने नेपालीहरुको भूमिका : सन्दर्भ नेपाल भर्मण वर्ष २०२०’’ विषयक एक दिवसीय विचार गोष्ठी तथा कार्यपत्र प्रस्तुतिकरण को आयोजना गर्ने भएको छ ।

टोकियोको इचिगया स्टेसन नजिक रहेको जाइकाको अन्तर्राष्ट्रिय हलमा अगस्ट ५ तारिख आइतबार कार्यक्रम आयोजना गरिने जनाइएको छ । विशेषगरी नेपालमा जापानिज पर्यटकहरु प्रत्येक बर्ष घट्दो अवस्थामा रहेको परिप्रेक्ष्यमा यो कार्यक्रमले नेपाल पर्यटन बोर्डलाई जापानको बजार प्रबद्र्धन गर्न भावी रणनीति बनाउन सहयोग पुग्ने आशा गरिएको छ ।

नेपाल सरकार पर्यटन मन्त्रालयले २०२० लाई नेपाल भर्मण वर्ष घोषणा गरिसकेको अवस्थामा जापानबाट धेरै भन्दा धेरै पर्यटक कसरी भित्र्याउन सकिन्छ भन्ने विषय मा यो कार्यक्रम मा विशेष छलफल गरी, छलफलको निष्कर्ष नेपाल पर्यटन बोर्डलाई बुझाउने लक्ष्य रहेको कार्यक्रम का संयोजक विष्णु खनाल ले बताए ।

कार्यक्रमको पहिलो चरणमा कार्यपत्र प्रस्तुत गरिने छ भने कार्यक्रमको दोश्रो चरण मा सहभागीहरु सँग सामूहिक छलफलको कार्यक्रम रहेको छ । उक्त कार्यक्रम पर्यटन वोर्डको सहयोगमा नेपाल भ्रमण वर्ष २०२० को जापानमा प्रवद्र्धन रणनीति बनाउनको लागि गर्न लागिएको कुरा आयोजकहरुले बताएका छन् । यसअघि नेपाल जापान पर्यटन अनुसन्धान केन्द्रका सदस्य बिशेश्वर रेग्मी को संयोजकत्वमा जापानिज भाषामा तयार गरिएको नेपाल भ्रमण वर्ष २०२० को लोगो नेपाल पर्यटन बोर्डले सार्वजनिक गरिसकेको छ ।

कार्यक्रम अगस्ट ५ तारिख दिनको ठिक १ बजे बाट सुरु हुने हुँदा, जापानमा रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध सम्पूर्ण नेपालीहरुलाई उपस्थित भई नेपालको पर्यटन प्रवद्र्धन को लागि आफ्नो अमूल्य सुझाव प्रदान गर्न कार्यक्रमका प्रचार संयोजक आशिष रावलले अनुरोध गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago