क्यालिफोर्नियामा एनआरएन विज्ञ सम्मेलन शुरु अमेरिका

गरै आवासिय नेपाली संघ र एनआरएन अमेरिकाको संयुक्त पहलमा विज्ञ सम्मेलन शुरु भएको छ । गैर आवासिय नेपाली संघ र एनआरएन अमेरिका द्धारा संयुक्त रुपमा आयोजित विज्ञ सम्मेलन शनिवार क्यालिफोर्निया सनफ्रान्सिस्कोमा शुरु भएको हो ।

सम्मेलनको शनिवार विहानको सत्रमा शिक्षा क्षेत्रमा सम्वन्धित रहेर कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको विद्यालयलाई कसरी अझ गुणस्तरीय वनाउन सकिन्छ, सामुदायिक विद्यालयको महत्व, स्वास्थ्य क्षेत्रमा उपलव्ध अवसर लगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको छ । यसमा छलफल भएको थियो ।

नेपालमा अन्य देशका राम्रो उदाहरण कसरी लैजान सकिन्छ यस विषयमा छलफल भएको थियो । उक्त सभामा नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री, अमेरिकाका लागि नेपाली राजदुत, एनआरएनएका केन्द्रिय पदाधिकारीहरु लगायतको सहभागिता छ ।

शनिवार दिनभर विभिन्न ७ विषयगत क्षेत्रमा छलफल हुने छ । एनआरएनले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र प्रविधि एवं पूंजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य यो सम्मेलन आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्राउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोग ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसलैलाई मनन गरी यो कार्यक्रम हुन लागेको हो ।

यो नेपालमा आउने अक्टोबर महिनामा हुन लागेको विश्व विज्ञ सम्मेलनको पुर्व तयारी पनि हो । कार्यक्रममा अमेरिका, क्यानडा वेलायत, जापान, रसिया, जमर्नी, साइप्रस, बेल्जियम लगायतका देशका विज्ञ लगायत एनआरएन पदाधिकारीहरुको सहभागिता हुने छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago