क्यालिफोर्नियामा एनआरएन विज्ञ सम्मेलन शुरु अमेरिका

गरै आवासिय नेपाली संघ र एनआरएन अमेरिकाको संयुक्त पहलमा विज्ञ सम्मेलन शुरु भएको छ । गैर आवासिय नेपाली संघ र एनआरएन अमेरिका द्धारा संयुक्त रुपमा आयोजित विज्ञ सम्मेलन शनिवार क्यालिफोर्निया सनफ्रान्सिस्कोमा शुरु भएको हो ।

सम्मेलनको शनिवार विहानको सत्रमा शिक्षा क्षेत्रमा सम्वन्धित रहेर कार्यपत्र प्रस्तुत गरिएको थियो । नेपालको विद्यालयलाई कसरी अझ गुणस्तरीय वनाउन सकिन्छ, सामुदायिक विद्यालयको महत्व, स्वास्थ्य क्षेत्रमा उपलव्ध अवसर लगायतका विषयमा कार्यपत्र प्रस्तुत भएको छ । यसमा छलफल भएको थियो ।

नेपालमा अन्य देशका राम्रो उदाहरण कसरी लैजान सकिन्छ यस विषयमा छलफल भएको थियो । उक्त सभामा नेपाल सरकारका मन्त्री, पुर्व मन्त्री, अमेरिकाका लागि नेपाली राजदुत, एनआरएनएका केन्द्रिय पदाधिकारीहरु लगायतको सहभागिता छ ।

शनिवार दिनभर विभिन्न ७ विषयगत क्षेत्रमा छलफल हुने छ । एनआरएनले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप र प्रविधि एवं पूंजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने संघको उद्देश्य यो सम्मेलन आयोजना गरेको छ ।

गैर आवासीय नेपाली संघको पहलमा नेपालमा आर्थिक लगानी भित्राउन केही सफलता हासिल भएपनि विदेशमा रहेका नेपालीहरुको ज्ञान सीपलाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोग ल्याउन अपेक्षित सफलता हासिल गर्न सकिएको छैन । यसलैलाई मनन गरी यो कार्यक्रम हुन लागेको हो ।

यो नेपालमा आउने अक्टोबर महिनामा हुन लागेको विश्व विज्ञ सम्मेलनको पुर्व तयारी पनि हो । कार्यक्रममा अमेरिका, क्यानडा वेलायत, जापान, रसिया, जमर्नी, साइप्रस, बेल्जियम लगायतका देशका विज्ञ लगायत एनआरएन पदाधिकारीहरुको सहभागिता हुने छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago