काठमाडौँ – ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित २२ तथा सन्दीप जोराले १८ रन जोडे । भैरहवाका लागि रायन टेन डेसकाटेले दुई विकेट झारे ।
त्यसअघि पहिले व्याटिङ गरेको भैरहवाले १९ ओभरमा सबै विकेट गुमाउदै ९२ रनमा समेटियो । भैरहवाका लागि रायन टेन डोसकाटेले सर्वाधिक ३७ रनको योगदान दिए भने रवि इन्दर सिंहले २५ रन जोडे । बलिङतर्फ ललितपुरका सन्नी पटेल एक्लैले पाँच विकेट लिए भने योगेन्द्रसिंह कार्की र राशिद खानले दुई÷दुई विकेट लिए । जितसँगै ललितपुरले पाँच खेलबाट आठ अङ्क जोडेको छ भने समान खेल खेलेको भैरहवा छ अङ्कका साथ दोस्रो स्थानमा छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…