अध्यक्ष दाहाल चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्छ भन्छन् ।

चितवन – नेपाल कम्युनिष्ट पार्टी  नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताउनुभएको छ ।उहाँले भन्नुभयो, सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ । भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एवं विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी रहेको तथा यहाँका जनताको मनोबल उच्च रहेको भन्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका काममा सबैले दिल खोलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । जिल्लामा सडक कालोपत्रेसँगै तटबन्ध सहितको चक्रपथ निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उहाँले तल्लो तहबाट निगरानी राख्न आग्रह गर्नुभयो ।

गत निर्वाचनको समयमा सडकको धुलोमा हिड्नु परेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म यो समस्या भोग्नु नपर्ने बताउनुभयो । आफू चितवन क्षेत्र नं ३ को सांसद मात्रै नभएर देशको पूर्वप्रधानमन्त्री, पार्टीको अध्यक्ष, संविधान निर्माण, निर्वाचन प्रक्रिया र सिङ्गो देशको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भएकाले देशभर नै विकास र समृद्धि ल्याउन लागि परेको बताउनुभयो । सो विद्यालय निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने भन्दै उहाँले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।

नेकपाका महासचिव विष्णु पौडेलले चितवनका जनताले आफ्नो प्रतिनिधिको महत्व बुझे पुग्ने बताउँदै पाँच वर्षमा चितवन देशकै नमूना जिल्ला बन्ने महासचिव पौडेलले बताउनुभयो ।महायज्ञ आयोजक समितिका संयोजक नारायणप्रसाद आचार्य, बलराम सापकोटा, चिरञ्जीवि पोखरेल, पण्डित बालयोगेश्वर महाराज, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपाने, वडाअध्यक्ष चित्रसेन अधिकारी लगायतले विद्यालयको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । पुस ९ गतेसम्म चल्ने सो महायज्ञबाट रु पाँच करोड सङ्कलन गर्ने आयोजकले लक्ष्य लिएको छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago