चितवन – नेपाल कम्युनिष्ट पार्टी नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले देशैभरका मानिसको बसोबास रहेको र प्राकृतिक सम्पदाले धनी चितवनलाई विकासका दृष्टिले नमूना जिल्ला बनाउनुपर्ने बताउनुभएको छ ।उहाँले भन्नुभयो, सबैले आ–आफ्नो ठाउँबाट मिहेनत गरेर विकास निर्माण र समृद्धिको दृष्टिले चितवनलाई नमूना जिल्ला बनाउनुपर्छ । भरतपुर महानगरपालिका पहारिलोटारमा रहेको भानु माध्यमिक विद्यालयमा आजदेखि शुरु भएको शैक्षिक, भौतिक तथा आर्थिक विकासका लागि सञ्चालित धनधान्यान्चल एवं विराट नवाह ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
जिल्लामा नारायणी, राप्ती, रिउ जस्ता महत्वपूर्ण नदी रहेको तथा यहाँका जनताको मनोबल उच्च रहेको भन्दै अध्यक्ष प्रचण्डले विकास निर्माण र समृद्धिका काममा सबैले दिल खोलेर अगाडि बढ्नुपर्ने बताउनुभयो । जिल्लामा सडक कालोपत्रेसँगै तटबन्ध सहितको चक्रपथ निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढिसकेको भन्दै उहाँले तल्लो तहबाट निगरानी राख्न आग्रह गर्नुभयो ।
गत निर्वाचनको समयमा सडकको धुलोमा हिड्नु परेको चर्चा गर्दै उहाँले आगामी निर्वाचनसम्म यो समस्या भोग्नु नपर्ने बताउनुभयो । आफू चितवन क्षेत्र नं ३ को सांसद मात्रै नभएर देशको पूर्वप्रधानमन्त्री, पार्टीको अध्यक्ष, संविधान निर्माण, निर्वाचन प्रक्रिया र सिङ्गो देशको शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्ति भएकाले देशभर नै विकास र समृद्धि ल्याउन लागि परेको बताउनुभयो । सो विद्यालय निर्माणमा आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने भन्दै उहाँले सबैले साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
नेकपाका महासचिव विष्णु पौडेलले चितवनका जनताले आफ्नो प्रतिनिधिको महत्व बुझे पुग्ने बताउँदै पाँच वर्षमा चितवन देशकै नमूना जिल्ला बन्ने महासचिव पौडेलले बताउनुभयो ।महायज्ञ आयोजक समितिका संयोजक नारायणप्रसाद आचार्य, बलराम सापकोटा, चिरञ्जीवि पोखरेल, पण्डित बालयोगेश्वर महाराज, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलिप न्यौपाने, वडाअध्यक्ष चित्रसेन अधिकारी लगायतले विद्यालयको विकासका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । पुस ९ गतेसम्म चल्ने सो महायज्ञबाट रु पाँच करोड सङ्कलन गर्ने आयोजकले लक्ष्य लिएको छ ।
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…