अन्तिम सास लिएर कसरी आए गोरखाली ? ट्वाईलेटको पानी र कुहिएको भात खाएर बाँचेको भनाई ।

काठमाडौं पौष १ । साउदी जाने दाजुभाइहरुले कम्पनीले लाइसेन्स र इन्स्योरेन्स नगरिदिएसम्म गाडी चलाउने काम नगर्नुहोला ।’ साउदी अरबमा ८ महिना जेल बसेर फर्किएका प्रशान्त लिम्बुको आग्रह हो यो । २०७३ साल पुसमा रोभ इन्टरनेशनल म्यानपावरबाट ड्राइभरकै भिसामा साउदी गए पनि कम्पनीले उहाँलाई लाइसेन्सका लागि परीक्षणमा सहभागी गराएन । जबरजस्ती गाडी चलाउन लगायो ।

लाइसेन्सबिना गाडी चलाउन बाध्य भएपछि प्रशान्तले आफूलाई पठाउने एजेण्ट र म्यानपावरलाई पनि गुहार्नुभयो । तर न एजेण्टले चासो दिए न म्यानपावरले कुरा सुनिदियो । ‘मैले लाइसेन्स बनाउन लागेको खर्च म आफैं तिर्छु भन्दा पनि सहयोग पाइन’ प्रवासी नेपाली समन्वय समिति मा शुक्रबार भएको पत्रकार सम्मेलनमा प्रशान्तले भन्नुभयो ‘लाइसेन्सबिना काम नगर्ने भन्दा कम्पनीले ३० हजार रियाल माग गरेको थियो । ३० हजार रुपैयाँ बुझाउन सकिनँ, त्यसैले बाध्य भएर गाडी चलाउनुपर्यो’

उहाँ घर बनाउन प्रयोग गरिने मिक्सर बनाउने गाडी चलाउनुहुन्थ्यो । लाइसेन्सबिना नै गाडी चलाएको ९ महिनामै उहाँले चलाएको गाडी दुर्घटना भयो । साउदी नागरिकले चलाएको गाडी उहाँले चलाएको गाडीमा आएर ठोक्किँदा साउदी नागरिकको ज्यान गयो । त्यही अभियोगमा प्रशान्तले ८ महिना जेल बस्नुपर्‍यो । ट्वाईलेटको पानी र कुहिएको भात खाएर बाँचेका गोरखाली, अन्तिम सास लिएर नेपाल आए बताउदै ।  

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago