सांसदहरुको उपचार खर्च मनोमानी , सबैभन्दा बढी लिने शान्तिकुमारी

काठमाडौं — संघीय संसदका सांसदले २ हजारदेखि २ लाखसम्म उपचार खर्च बुझेका छन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका ४० जना सांसदले झन्डै सात लाख उपचार खर्च लिएको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । फागुन् २१ बाट संसद् बैठक प्रारम्भ भएयता सचिवालयमा उपचार खर्चका लागि सांसद्का निवेदनका चाङ लागेका छन् ।

सचिवायलयमा कार्यरत चिकित्सकको टोलीले उपचार खर्चका बिलमाथि अनुसन्धान गरेर यकिन रकम मात्र उपलब्ध गराउने सचिवालयको भनाई छ ।सत्तासीन नेकपाका राष्ट्रियसभा सांसद् शान्तिकुमारी अधिकारीले सबैभन्दा बढी २ लाख २३ हजार ९ सय २९ रुपैयाँ उपचार खर्च लिएकी छिन् । सांसद् अधिकारीले जेठ ३१ गते र भदौ २४ गते दुई पटक सचिवायलयबाट उपचार खर्च लिएकी छिन् ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago