राष्ट्रीय आबिष्कार केन्द्रलाई नेपाली साझा समाज जापानले गर्यो सहयोग रक़म हस्तान्तरण

जापान टोक्यो । जापानमा क्रियाशील नेपाली साझा समाज जापानले राष्ट्रीय आविष्कार केन्द्र नेपाललाई जापानमा संकलित सहयोग रक़म हन्तान्तरण गरेको छ, राष्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन गत मे महिनामा जापान भ्रमणमा आउनु भएको बेला मे २६ का दिन ओतामा रहेको थकाली किचनमा गरिएको पुन सगँको अन्तरक्रियाका क्रममा सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो त्यहि प्रतिबद्धता अनुरूप बिभीन्न पेशा तथा व्यवसाय गरिरहनुभएका जापानमा बसोवास गर्नुहुने नेपाली दाजुभाई दिदी बहिनीहरुसगँ गरिएको रक़म संकलन सहित तिजपर्वको अवसरमा आयोजित हरितालिका तिज महोत्सववाट उठेको रक़म समाजका पुर्व महासचिव गोपाल पोख्रेलले नेपालमा आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन लाई हस्तान्तरण गर्नुभएको छ । यहि अक्टोवर १४ तारिखमा जापनिज येन १ लाख ४४ हज़ार ४ सय पन्चानव्वे(नेपाली रु १५००००)को चेक हस्तान्तरण गरिएको समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । विदेशमा उच्च ज्ञान हासिल गर्नु भई विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिष्कार केन्द्र स्थापनाका लागी निरन्तर लागिरहनुभएका प्रशिद्द म्यागासेस पुरष्कार बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई केहि रक़म भएपनि सहयोग गरि उहाँको यो सत्कार्यमा हाम्रो संस्थापनि सहभागी हुन पाउदा साह्रै खुशी लागेको भन्दै जापानमा रहनुहुने सहयोगी दाताहरु सबैमा समाजका अध्यक्ष शेरचनले धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ । महावीर पुनसगँ जापानमा गरिएको अन्तरक्रियाका क्रममा क़ैद गरिएको तस्विर । 

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago