राष्ट्रीय आबिष्कार केन्द्रलाई नेपाली साझा समाज जापानले गर्यो सहयोग रक़म हस्तान्तरण

जापान टोक्यो । जापानमा क्रियाशील नेपाली साझा समाज जापानले राष्ट्रीय आविष्कार केन्द्र नेपाललाई जापानमा संकलित सहयोग रक़म हन्तान्तरण गरेको छ, राष्ट्रीय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुन गत मे महिनामा जापान भ्रमणमा आउनु भएको बेला मे २६ का दिन ओतामा रहेको थकाली किचनमा गरिएको पुन सगँको अन्तरक्रियाका क्रममा सहयोग गर्ने प्रतिबद्धता गरिएको थियो त्यहि प्रतिबद्धता अनुरूप बिभीन्न पेशा तथा व्यवसाय गरिरहनुभएका जापानमा बसोवास गर्नुहुने नेपाली दाजुभाई दिदी बहिनीहरुसगँ गरिएको रक़म संकलन सहित तिजपर्वको अवसरमा आयोजित हरितालिका तिज महोत्सववाट उठेको रक़म समाजका पुर्व महासचिव गोपाल पोख्रेलले नेपालमा आविष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुन लाई हस्तान्तरण गर्नुभएको छ । यहि अक्टोवर १४ तारिखमा जापनिज येन १ लाख ४४ हज़ार ४ सय पन्चानव्वे(नेपाली रु १५००००)को चेक हस्तान्तरण गरिएको समाजका अध्यक्ष बुद्दी शेरचनले जानकारी दिनुभएको छ । विदेशमा उच्च ज्ञान हासिल गर्नु भई विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिष्कार केन्द्र स्थापनाका लागी निरन्तर लागिरहनुभएका प्रशिद्द म्यागासेस पुरष्कार बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई केहि रक़म भएपनि सहयोग गरि उहाँको यो सत्कार्यमा हाम्रो संस्थापनि सहभागी हुन पाउदा साह्रै खुशी लागेको भन्दै जापानमा रहनुहुने सहयोगी दाताहरु सबैमा समाजका अध्यक्ष शेरचनले धेरै धेरै धन्यवाद व्यक्त गर्नुभएको छ । महावीर पुनसगँ जापानमा गरिएको अन्तरक्रियाका क्रममा क़ैद गरिएको तस्विर । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago