आरुघाटको नेप्लिज बोर्डिङमा बालदिवस मनाइयो ।

गोरखा, भाद्र ३१ ,रविन्द्र कंडेल
बालदिवस २०७५ का अवसरमा गोरखाको आरुघाटस्थित नेप्लिज बोर्डिङ स्कूलका कक्षा १० का विद्यार्थीहरुको आयोजनामा विविध कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

भीमोदय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख डा. वीरेन्द्र पुडासैनीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रिन्सिपल यम प्रसाद ढकाल, अभिभावकहरु सुवर्ण कुमार थापा, सरोज कुमार श्रेष्ठ, गणेश कुमार श्रेष्ठ, लगायतकाले मन्तव्य राखेका थिए भने विद्यार्थीहरुले नाटक कविता, कथा, विभिन्न लोक, आधुनिक एवं विभिन्न प्रकारका गीत तथा नृत्यहरु प्रस्तुत गरेका विद्यालयकी सहायक प्रिन्सिपल गोमा भट्टले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. पुडासैनीले बालबालिकाहरुले आफ्नो अधिकारको लागी सदैव सचेत रहनुपर्ने र अभिभावकहरुले उनीहरुको अधिकार प्रयोगका क्रममा ध्यान पुर्याउँदै अघि बढन प्रेरणा प्रदान गर्नुपर्ने बताउनु भएकोछ ।

Bishawas Acharya

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago