तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनले गरे गुम्बामा महिला बलात्कार

काठमाडौं । बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् ।

बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा उनी आनी बन्न गएकी थिइन् । पहिलो पटक दुई वर्ष बम्जनकी श्रीमती काठमाडौं आएको बेला आफूलाई बलात्कार गरेको उनको दाबी छ ।

त्यसयता पटक पटक बलात्कार गरेको पीडित युवतीले बताइन् । आफूले प्रहरीलाई उजुरी गर्छु भन्दा बम्जनकी श्रीमतीले धम्काएका कारण विषय बाहिर ल्याउन नसकेको बताइन् । पछिल्लो समय बलात्कारका विषयमा लुकाउनु हुँदैन भन्ने आवाज उठेपछि आफू महिलाअधिकारकर्मीमार्फत न्याय खोज्न काठमाडौं आएको बताइन् ।

‘ममाथि पटक-पटक गुरुले बलात्कार गर्नु भयो । यो विषयमा मैले उजुरी गर्न पनि खोजेकी हुँ’ उनले भनिन्, ‘गुरुको श्रीमतीले यस्तो विषय बाहिर ल्यायो भने हाम्रो धर्मप्रति प्रहार हुन्छ रगतको खोलो बग्छ भन्दै धम्काउनुभयो र मैले उजुरी हाल्न सकिन ।’

बलात्कार भएपछि आफूले कुरा उठाउँदा गुरुले चोरको आरोप लगाएको समेत उनले बताइन् । पत्रकार सम्मेलन भएकै स्थलमा बम्जन पक्षधरका केही व्यक्तिहरु समेत प्रवेश गरेर आनीलाई रकम चोरेको अभियोगमा कारबाही गरेको बताएका छन् । श्रोत – अनलाइन खबर

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago