थप तीनवटा हवाई रुट दुईतर्फी गर्न भारत सहमत

हाल भारतीय आकाशबाट आएका कुनै पनि जहाज सिमरा बिन्दुबाटमात्र प्रवेश हुनुपर्ने अवस्थामा भारतले नेपाल आउने जहाजलाई महेन्द्रनगर, नेपालगंज, जनकपुर र विरगंजबाट पनि आउन दिने भएको छ।

सन् २०१६ मै भएको वार्तामा प्राविधिक तहमा छलफल गरी रुट बारे टुंगो लगाउने सहमति भएपनि हालसम्म प्रगति भएको थिएन।

सोही वमोजिम नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय विमानस्थल प्राधिकरणका अधिकारीबीच बिहिबारदेखि काठाडौंमा भएको वार्ताले हवाई रुटको बारेमा प्राविधिक अध्ययन गरी सन् २०१८को सेप्टेम्बरसम्म कार्यान्वयनको तहमा जाने सहमति भएको छ।

सहमति अनुसार नेपाल आउने जहाजले थप चार ठाउँबाट प्रवेश गर्न पाने छन्।

दुई देशका प्राविधिकहरुले सयुक्तरुपमा रुट निर्धारण, सुरक्षा मूल्यांकन(सेफ्टी एसिसमेन्ट) गर्ने छन्। यसमा नेपालले सबै प्रस्तावित रुटको डिजाइन, अध्ययन तथा मूल्यांकको रिपोर्ट सन् २०१८ को जुनसम्म भारतीय पक्षलाई बुझाइसक्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए।

त्यसपछि सेप्टेम्बरसम्म भारतले अध्ययनगरी दुवैपक्षबीच वैठक बसी सहमति भएपछि रुट कार्यान्वयन हुने छन्।

जनकपुर, विराटनगर र महेन्द्रनगर रुटबाट सिमापार उडानका लागि आवस्यक रुटको सुरक्षा मूल्यांकन, डिजाइन नेपाल पक्षले गर्ने भएको छ। नेपाल सरकारले नेपालगंज, धनगढी, जनपुर र विराटनगरबाट भारतका विभिन्न सहरमा उडान गर्नलाई पूर्वाधार विका गर्ने घोषणा गरिसकेको छ। १५ देखि २४ हजार फिट उचाइमा उडान गर्ने जहाजको लागि आवस्यक रुटको पहिलोचरणमा अध्ययन हुने छ।

तर अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने ३१ हजार फिट माथिको उचाइबाट आउने जहाजको लागि भने नेपालगंज र महेन्द्रनगर रुटको बारेमा ढिला हुने भएको छ। सोको बारेमा भारतीय पक्षले विस्तृत प्राविधिक अध्ययन तथा मूल्यांकन सेप्टेम्बरभित्र सम्पन्न गर्ने छ।

भारतीइ आकाशबाट आएका जहाज अहिले सिमराबाटमात्र नेपालभित्र प्रवेश गर्न पाउछन्। नेपाल बाहिर जानको लागि महेन्द्रनगर, भैरहवा, विराटनगर र जनकपुरबाट विन्दु प्रयोग गर्छन्। यो सम्झौतापछि प्राविधिक तयारी पुरा भएपछि प्राय रुट दुईतर्फी हुने छन्।
नेपालमा नयाँ बनिरहेका अन्तर्राष्ट्रिय विमानस्थलको लागि पनि थप रुट अनिवार्यजस्तै भइसकेको छ। यस्तोमा नेपालले निरन्तर रुट माग गर्दै आएको थियो।

नेपालले नेपालगन्ज, भैरहवा, जनकपुर, विराटनगर बाट क्रसबोर्डरु उडान तथा पश्चिमा देशबाट आएका जहाजले महेन्द्रनगर, नेपालगंज र भैरहवाबाट प्रवेश गर्नपाउनेगरी रुट उपलब्ध गराउन विगतदेखि अडान लिंदै आएको थियो।

एकमात्र रुट हुँदा पूर्वी क्षेत्र बंगलादेश, भारतको कोलकात्ता, थाइल्यान्ड , सिंगापुर, मलेसियालगायत देशबाट आउने र पश्चिम दिल्ली, युरोप तथा अमेरिकाबाट आउने जहाजले एउटै क्षेत्रमा दुई रुटमा (रोमियो ५८१ र गल्फ ५८९ रुट) विभाजन गरेर प्रवेश गराउने गरिएको छ।

नयाँ रुट लागू भएपछि भारतको दिल्ली तथा पश्चिम क्षेत्रबाट आउने जहाजलाई सिमराको तुलनामा नेपालगंज वा महेन्द्रनगरबाट आउँदा १४ नटिकल माइल(२५ किलोमिटर) छिटो हुन्छ। त्यस्तै भैहवा ६९ नटिकल माइल, पोखरा ६५ नटिकल माइल नजिक पर्छ।

त्यसतै महेन्द्रनगर रुटबाट प्रवेश गर्न नेपालले पाएमा त्यहाँबाट युरोप अमेरिकाबाट हंककङ, थाइल्यान्ड लगायतका गन्तव्यमा जाने रुट बनाउन पनि पाउछन्।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago