सभामुखमाथि आक्रमणको प्रयास , सांसदहरू बिच​ कुटाकुट

एजेन्सी । श्रीलंकाको संसदमा विरोधी सांसदहरूले कुटाकुट गरेका छन् । प्रधानमन्त्री महिन्दा राजपक्षेले अविश्वासको मतमार्फत आफूलाई हटाउने अधिकार सभामुखसँग नभएको दाबी गरेपछि कुटाकुट भएको हो । राजपक्षेविरुद्ध अविश्वास प्रस्ताव पारित भएको एक दिनपछि यो कुटाकुट भएको हो ।

संसद् बैठक बसेपछि सभामुख कारु जयसूर्याले देशमा सरकार नभएको र प्रधानमन्त्री पनि नभएको बताए । राजपक्षे र उनका प्रतिस्पर्धी रनिल विक्रमसिंघेले यो संकटको शुरूआत नगरेको उनले बताए ।

राजपक्षेले यसलाई अस्वीकार गर्दै मतदान गराउनुपर्थ्यो भने । ‘यस्ता महत्त्वपूर्ण प्रस्तावहरू ध्वनि मतले पारित गर्न हुँदैन उनले भने । प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरूलाई हटाउन वा नियुक्त गर्ने अधिकार सभामुखसँग नभएको राजपक्षेले बताए ।

जयसूर्या पक्षपाती भएको र आफ्नो दलको विचार प्रतिनिधित्व गरिरहेको उनले आरोप लगाए । जयसूर्या युनाइटेड नेसनल पार्टीका सांसद हुन् र त्यो दलमा बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिंघेको नेतृत्व छ ।

राजपक्षे ताजा चुनाव गराएमा अहिलेको संकट समाधान हुने मान्यता राख्छन् । राजपक्षेको बयानमा मतदानका लागि विपक्षीले माग राखेपछि झगडा शुरू भएको हो । केही पुरुष सांसदहरूले एकअर्काको हात समातेका थिए भने अरूले हेरेका थिए ।

राजपक्षेलाई समर्थन गर्नेहरू संसद बैठककोठाको बीचमा भेला भएका थिए भने केही अन्य चाहिँ सभामुखको व्यवहारको निन्दा गर्दै उनीतर्फ दौडिएका थिए ।

तीन दर्जनभन्दा बढी राजनीतिकर्मीले झगडा गरेका थिए । भुइँमा लडेका सांसदलाई विरोधीहरूले लात्ती हानेका थिए । राजपक्षेसमर्थक सांसदहरूले पानीको बोतल, किताब र फोहर फाल्ने भाँडो सभामुखतर्फ फ्याँकेका थिए ।

आधी घन्टासम्म मच्चिएको हंगामाका बेलामा विपक्षी सांसदहरूले सभामुख जयसूर्यालाई जोगाउने प्रयास गरेका थिए । 

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago