सुर्खेत – ठेलामा राखिएको पानीपुरी खाँदा सुर्खेतको भेरीगंगा नगरपालिकाको एकै गाउँका ३३ जनाभन्दा बढी बिरामी परेका छन् । भेरीगंगा नगरपालिका ११ रामघाटमा ठेलामा राखिएको पानीपुरी खाँदा उनीहरु बिरामी परेका हुन् । बिरामी पर्नेमा महिला र बालबालिका रहेका छन् ।
बिरामीमा वान्ता आउने, ज्वरो आउने, पेट दुख्ने र मुर्छा पर्ने जस्ता लक्षण देखिएका छन् । स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि उनीहरुलाई वीरेन्द्रनगर ल्याइएको हो । बिरामीमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
पानीपुरी बेच्ने एक जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिरामीको अहिले प्रदेश अस्पताल वीरेन्द्रनगरमा उपचार भइरहेको छ ।
यसैबीच कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खड्कबहादुर खत्रीले बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । उनले बिरामीको उपचारमा कुनै कमी नराख्न अस्पताललाई निर्देशनसमेत दिएका छन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…