३० साउन, चितवन । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले प्रदान गरेको हटलाइन (डेडिकेटेड फिडर) मा समस्या आउँदा यहाँका अस्पतालहरुले हैरानी भोग्न थालेका छन् ।
पछिल्लो समयमा अस्पतालहरुलाई दिइएको हटलाइन सेवा अनियमित बनेको छ । भरतपुर अस्पतालमा हटलाइन नै अनियमित हुँदा बिरामीको उपचारमा समस्या हुने गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रविन खड्काले बताए । अत्यावश्कीय सेवा अन्तर्गत रहेको अस्पतालमा बढी मूल्य तिर्ने गरी डेडिकेटेड विद्युत सप्लाई हुँदै आएको छ ।
अस्पतालका मेसु डा. खड्काका अनुसार अस्पतालमा भएको जेनेरेटरले सबैतिर लाइन धान्न नसक्ने हुँदा समस्या आएको बताए । ‘साधारणतय हटलाइन जाँदैन भन्ने मानसिकतामा काम गरिरहेका हुन्छौं तर त्यसमा पनि समस्या हुँदा सेवा नै प्रभावित बनेको छ’ मेसु खड्काले भने, ‘यसको भरपर्दो र दिगो व्यवस्थापन एवम् सेवाको सुनिश्चितता भए राम्रो हुने थियो ।’
अस्पतालमा २५० केभिए को जेनेरेटर भएपनि पछिल्लो समयमा उपकरण र सेवा थपिदा लोड धान्ने अवस्था छैन । अस्पतालले विद्युत प्राधिकरणलाई हटलाइनको प्रतियुनिट २२ रुपैयाँसमेत बुझाउँदै आएको छ । पछिल्लो समयमा मात्रै अस्पतालले २९ लाखभन्दा बढी रकम प्राधिकरणलाई भुक्तानी गरेको छ ।
वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. निर्मल लामिछानेले पनि हटलाइनमा समस्या हुँदा समस्या पर्ने गरेको बताए । विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले हटलाइन नै भएपनि कहिलेकाही समस्या आउँदा आपूर्ति बन्द हुने गरेको बताए । ‘हटलाइनलाई प्राधिकरणले प्राथमिकतामा राखेको छ । तर कहिलेकाँही समस्या आउँछ’ महतोले भने, ‘प्राविधिक कुराको कसरी ग्यारेन्टी गर्ने ?’
भरतपुर अस्पतालका मेसु डा. खड्काले समस्या र त्यसको अवधिका विषयमा पूर्वजानकारी भए व्यवस्थापनमा सहजता आउने बताए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…