यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको छ । सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ । नेपाल सरकारले आगामी साउन १ गते देखि नै लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पु¥याएको छ । त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ ।
पहिले डाटा सेवा प्रयोग गर्दा टेलिकम सेवा शुल्क तिर्नु पर्र्दैनथ्यो । अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नु पर्ने भएको छ । सरकारले लगाएको कर टेलिकम आफैले बहन गर्ने भएको छ।कम्पनीले एडिएसलमा पनि पुरानै शुल्कलाई निरन्तरता दिने भएको छ।सरकारी स्वामित्वको टेलिकमले केही प्याकेजमा मूल्य समायोजन गरेको छ भने केहीमा पुरानैलाई निरन्तरता दिएको छ।
विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डाटा प्याक, जीएसएम थ्रीजी÷फोरजी १ जीबी पर डे प्याक, सीयूजी प्याकेज, भिडियो एन्ड टीभी स्ट्रिमिङ आवरली प्याक, एडीएसएलका विभिन्न प्याकेज र इन्डिया अफर अन्तर्गत डेली प्याक र विक्ली प्याक पहिलेकै दरमा उपलब्ध गराइएको वैद्यले जानकारी दिइन्।
त्यस्तै अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, एसएमएस प्याकेज, मिस्ड कल एलर्ट र एफटीटीएच लगायतका विभिन्न प्याकेजहरुको मूल्य भने केही बढाइएको छ। यी प्याकेजमा २५ देखि ५० प्रतिशत सम्म बोनस पनि दिइने वैद्यले बताइन्।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…