अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको प्रस्तावमा ठाकुर सर्वसम्मत चयन भएका हुन् । महतोले दलका नेताका लागि ठाकुरलाई प्रस्ताव गरेपछि सांसदहरूले ताली बजाएर अनुमोदन गरेको सांसद एकबाल मियाँले बताए । लामो समयसम्म दलको नेता विधान अभावकै कारणले छान्न सकेका थिएनौं, विधान बनाएपछि नेता चयन गरेका छौं, अब पदाधिकारी चयन हुनेछन्,’ मियाँले भने, पार्टी सशक्त अगाडि बढाउन विवादरहित निर्णय भइरहेका छन्, हल्ला भएजस्तो छैन ।’
संघीय संसद्को तेस्रो ठूलो दल राजपा नेपालले निर्वाचन सम्पन्न भएको ६ महिनापछि दलको नेता चयन गरेको हो । संसदीय दलको नेतामा महतोले पनि चासो देखाएका थिए । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले विवादरहित हिसाबले निर्णय गरिएको बताए ।राजपा नेपालले संघीय संसद्मा मुद्दाको गुण र दोषका आधारमा सशक्त रूपमा आवाज उठाउने निर्णय पनि गरेको छ । दुवै सदनमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गरिने राजपा नेपालका वरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले बताए ।
संघीय संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा सशक्त रूपमा हाम्रो प्रस्तुति रहनेछ,’ लालले भने, ‘मधेस आन्दोलनको मुद्दासहित मुलुकका विभिन्न विषयमा पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्छ । दलको नेतामा निर्वाचित भएपछि ठाकुरले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने भएकाले त्यसका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।
सर्वसम्मत दलको नेता छनोट गरेको राजपा नेपाल अब पार्टीको महाधिवेशन तयारीमा जुट्ने नेताहरूले बताए । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर राजापा नेपालको घोषणा भएको हो । एक वर्षमै महाधिवेशन गर्ने घोषणा गरिए पनि हुन सकेको छैन ।
बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…
बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…
काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई) सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…
काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…
बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…
झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…