सर्वसम्मत दलको नेता मा ठाकुर

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संसदीय दलको नेतामा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत भएका छन् । संसदीय दलको शनिबारको बैठकले संविधान संशोधन नभएसम्म सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ । सिंहदरबारस्थित राजपा संसदीय दलको कार्यालयमा बसेको बैठकले ठाकुरलाई सर्वसम्मत दलको नेता चयन गरेको पार्टीका महासचिव अजय गुप्ताले बताए ।

अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको प्रस्तावमा ठाकुर सर्वसम्मत चयन भएका हुन् । महतोले दलका नेताका लागि ठाकुरलाई प्रस्ताव गरेपछि सांसदहरूले ताली बजाएर अनुमोदन गरेको सांसद एकबाल मियाँले बताए । लामो समयसम्म दलको नेता विधान अभावकै कारणले छान्न सकेका थिएनौं, विधान बनाएपछि नेता चयन गरेका छौं, अब पदाधिकारी चयन हुनेछन्,’ मियाँले भने, पार्टी सशक्त अगाडि बढाउन विवादरहित निर्णय भइरहेका छन्, हल्ला भएजस्तो छैन ।’

संघीय संसद्को तेस्रो ठूलो दल राजपा नेपालले निर्वाचन सम्पन्न भएको ६ महिनापछि दलको नेता चयन गरेको हो । संसदीय दलको नेतामा महतोले पनि चासो देखाएका थिए । अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले विवादरहित हिसाबले निर्णय गरिएको बताए ।राजपा नेपालले संघीय संसद्मा मुद्दाको गुण र दोषका आधारमा सशक्त रूपमा आवाज उठाउने निर्णय पनि गरेको छ । दुवै सदनमा पार्टीका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गरिने राजपा नेपालका वरिष्ठ उपाध्यक्ष बृषेशचन्द्र लालले बताए ।

संघीय संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा सशक्त रूपमा हाम्रो प्रस्तुति रहनेछ,’ लालले भने, ‘मधेस आन्दोलनको मुद्दासहित मुलुकका विभिन्न विषयमा पार्टीले प्रभावकारी भुमिका निर्वाह गर्छ । दलको नेतामा निर्वाचित भएपछि ठाकुरले जनताको अपेक्षाअनुसार काम गर्नुपर्ने भएकाले त्यसका लागि एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताए ।

सर्वसम्मत दलको नेता छनोट गरेको राजपा नेपाल अब पार्टीको महाधिवेशन तयारीमा जुट्ने नेताहरूले बताए । ७ वैशाख २०७४ मा विभिन्न ६ पार्टी मिलेर राजापा नेपालको घोषणा भएको हो । एक वर्षमै महाधिवेशन गर्ने घोषणा गरिए पनि हुन सकेको छैन ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago