नवलपुर जिल्लाको गैंडाकोट नगरपालिकामा चरम ठगी भएको ने.बि.संघ को आरोप

गोविन्द लामिछाने नवलपुर ,

नवलपुर  जिल्ला को गैंडाकोट नगरपालिकामा चरम ठगी भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरपालिकाले रोक्काको सूचना अवधिमा नै नक्सा पास गरी लाखौं राजश्व चलखेल भएको बताएको छ ।

असार २६ गतेदेखि श्रावन २ गतेसम्म नगरपालिकाको नगरसभा व्यवस्थापन तथा तयारीको कार्यलयबाट नक्सा पास सम्बधि सम्पुर्ण कार्य रोक्का गरेको थियो ।

रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली.गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्रा.ली. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको नेविसंघको आरोप रहेको छ । यो समयमा नक्सा पास हुँदा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ ।

रोक्काको समयमा नगरपालिकाका स.ई. लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इ. राजु अर्यालको नाम भएता पनि दुबै जनाले पनि अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष (वर्दधाट—सुस्तापुर्व) का राजेश पौडेलले बताए ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago