गोविन्द लामिछाने नवलपुर ,
नवलपुर जिल्ला को गैंडाकोट नगरपालिकामा चरम ठगी भएको नेपाल विद्यार्थी संघले आरोप लगाएको छ । मंगलबार पत्रकार सम्मेलन गरी नगरपालिकाले रोक्काको सूचना अवधिमा नै नक्सा पास गरी लाखौं राजश्व चलखेल भएको बताएको छ ।
असार २६ गतेदेखि श्रावन २ गतेसम्म नगरपालिकाको नगरसभा व्यवस्थापन तथा तयारीको कार्यलयबाट नक्सा पास सम्बधि सम्पुर्ण कार्य रोक्का गरेको थियो ।
रोक्काको समयमा नक्सा शाखाले अविनाश ह्याचरी प्रा.ली.गैडाकोट नगरपालिका १३ र जयश्री फुड्स प्रा.ली. गैडाकोट नगरपालिका ९ को नक्सा पास गरेको नेविसंघको आरोप रहेको छ । यो समयमा नक्सा पास हुँदा झण्डै २९ लाख राजश्व नगरपालिकालाई नोक्सान भएको नेविसंघले जनाएको छ ।
रोक्काको समयमा नगरपालिकाका स.ई. लक्ष्मीप्रसाद सोतीले नक्सा पासमा हस्ताक्षर गरेका थिए । तत्कालीन कार्यकारी अधिकृत शिवप्रसाद रिजालको र इ. राजु अर्यालको नाम भएता पनि दुबै जनाले पनि अन्तिममा हस्ताक्षर गरेको नेविसंघका जिल्ला अध्यक्ष (वर्दधाट—सुस्तापुर्व) का राजेश पौडेलले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…