महाकवि देवकोटाका नाममा बिजुली महसुल बक्यौता तिर्न अझै बाँकी

काठमाडौं-महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ ! काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ । त्यहाँ कोही बस्दैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन् । तर, बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ । उनको ग्राहक नम्बर ००३–०६–२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।

देवकोटाको घरमा बत्ती भने बल्दैन । बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ । दशकौँ बित्दा पनि उनको परिवारले विद्युत् ग्राहक नम्बर नामसारी गरेको छैन । घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ ।

‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ’, महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन् । रिमालका अनुसार भूकम्प अघिसम्म परिवारले महसुल तिर्दै आएको थियो । मान्छे बस्न छाडेपछि भने बक्यौता तिरिएको छैन । पटकपटक भन्दा समेत बिजुलीको लाइन नकाटिएको परिवारको गुनासो छ । परिवारले नामसारी नगर्दा र प्राधिकरणले विद्युत् नकाट्दा नेपाली साहित्यका धरोहरको नाममा हरेक महिना बिल उठ्ने गरेको हो ।

प्राधिकरणले घरमा कोही नभएकाले नियमित मिटर रिड गर्न नपाएको बताउँछ । प्रक्रिया पु‍-याएर आए लाइन काट्न कुनै समस्या नरहेको अर्यालले बताइन् ।काठमाडौं खानेपानी लिमिटेडले पनि देवकोटाका नाममा नियमित बिल पठाइरहेको छ । घरबारे स्थानीय र देवकोटा परिवारबीच मुद्दामामिला समेत भइरहेको छ । स्थानीयले उनको घरबाट ढल हाल्न पाउनुपर्ने भन्दै परिवारविरुद्ध मुद्दा हालेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago