महाकवि देवकोटाका नाममा बिजुली महसुल बक्यौता तिर्न अझै बाँकी

काठमाडौं-महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकै छ दशक बितिसक्यो । तर, उनको नाममा बिजुली महसुल तिर्न अझै बाँकी छ– १७ सय रुपैयाँ ! काठमाडौं मैतीदेवीमा रहेको महाकविको घर ०७२ सालको भूकम्पले जीर्ण बनाइसकेको छ । त्यहाँ कोही बस्दैन । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

प्रधानमन्त्री केपी ओलीले उनको घरलाई संग्रहालय बनाउने घोषणा पनि गरिसकेका छन् । तर, बिजुली र खानेपानीको बिल अहिले पनि उनकै नाममा आउँछ । उनको ग्राहक नम्बर ००३–०६–२०२५ रहेको प्राधिकरणकी सूचना अधिकारी लीला अर्यालले जानकारी दिइन् ।

देवकोटाको घरमा बत्ती भने बल्दैन । बाहिरबाट हेर्दा सग्लो देखिए पनि भित्र घर भताभुंग भइसकेको छ । दशकौँ बित्दा पनि उनको परिवारले विद्युत् ग्राहक नम्बर नामसारी गरेको छैन । घरमा कोही नबस्दा पनि बिजुलीको बिल उठेकोमा परिवार दिक्क भएको छ ।

‘बत्ती बल्दैन तर प्राधिकरणले हरेक महिना महसुल बिल पठाउने गरेको छ’, महाकविकी माइली छोरी अम्बिका रिमालले भनिन् । रिमालका अनुसार भूकम्प अघिसम्म परिवारले महसुल तिर्दै आएको थियो । मान्छे बस्न छाडेपछि भने बक्यौता तिरिएको छैन । पटकपटक भन्दा समेत बिजुलीको लाइन नकाटिएको परिवारको गुनासो छ । परिवारले नामसारी नगर्दा र प्राधिकरणले विद्युत् नकाट्दा नेपाली साहित्यका धरोहरको नाममा हरेक महिना बिल उठ्ने गरेको हो ।

प्राधिकरणले घरमा कोही नभएकाले नियमित मिटर रिड गर्न नपाएको बताउँछ । प्रक्रिया पु‍-याएर आए लाइन काट्न कुनै समस्या नरहेको अर्यालले बताइन् ।काठमाडौं खानेपानी लिमिटेडले पनि देवकोटाका नाममा नियमित बिल पठाइरहेको छ । घरबारे स्थानीय र देवकोटा परिवारबीच मुद्दामामिला समेत भइरहेको छ । स्थानीयले उनको घरबाट ढल हाल्न पाउनुपर्ने भन्दै परिवारविरुद्ध मुद्दा हालेका छन् ।

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago