काठमाडौं, कार्तिक २८ । सरकारले दुई वर्षभित्र ई–पासपोर्ट जारी गर्ने प्रक्रिया अघि बढाएको छ। सक्दो छिटो काम थाल्न राहदानी विभागलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ।
ई–पासपोर्टमा जाने निर्णय असारको पछिल्लो मन्त्रिपरिषदले गरेको थियो। पासपोर्ट दुरुपयोग रोक्न ई प्रविधिमा जानुपर्ने निष्कर्षपछि सरकारले यस्तो निर्णय लिएको हो। नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने घटना बढेपछि त्यसलाई समेत सम्बोधन गर्न ई प्रविधिमा जाने तयारी भएको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ।
ई–पासपोर्ट एमआरपीजस्तै हो। यसमा थप चिप्स हुन्छ। चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औंठाछापलगायतका फिचरहरु राखिएको हुन्छ। अत्याधुनिक विमानस्थलहरुमा पासपोर्टधनी र बोक्ने व्यक्ति उही हो वा होइन भन्ने सेन्सर हुने भएकाले यसबाट दुरुपयोग नियन्त्रण हुनेछ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…