नागोया । जापानमा रहेका दुई मगर संघको एकता महाधिवेशनबाट नवीन थापामगर अध्यक्षमा चयन भएका छन् । ठूलो प्रयासपछि नेपाल मगर संघ जापान र मगर संघ जापानबीच भएको एकता महाअधिवेशनबाट थापामगरलाई अध्यक्षमा चयन गरिएको हो ।
फुकुओका, सिजुओका र तोचिगीकेनलगायतका शहरमा रहेका मगर संघहरूको समहतिमा दुईवटा संगठनबीच एकता गरि नयाँ संगठन निर्माण गरिएको हो । एकतापछि संगठनको नाम भने नेपाल मगर संघ जापान नै हुने भएको छ ।
आगामी २ वर्षे कार्यकालको लागि गठन गरिएको १७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पञ्च मगर, उपाध्यक्षमा रीत राना मगर, शिव थापामगर र तुल चोचगी मगर, महिला उपाध्याक्षमा दीपा पुनमगर, महासचिवमा रमेश रानामगर, सचिवमा सागर पुनमगर, कोषाध्यक्षमा मदन थापामगर, सह–कोषाध्यक्षमा मीरा दर्लामीमगर चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा भने रूस्ताम बुढामगर, बालकृष्ण रानामगर, यम थापामगर, आनन्द पुलामीमगर र राजु छन्त्यालमगर निर्विरोध चयन भएका हुन् । दुईवटा बलिया संगठनबीच एकता भएपछि संगठन अझ बलियो भएको संघले दावी गरेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…