दुई संगठनबीच एकता नवीन थापामगरको नेतृत्वमा नयाँ कार्यसमिति गठन

नागोया । जापानमा रहेका दुई मगर संघको एकता महाधिवेशनबाट नवीन थापामगर अध्यक्षमा चयन भएका छन् । ठूलो प्रयासपछि नेपाल मगर संघ जापान र मगर संघ जापानबीच भएको एकता महाअधिवेशनबाट थापामगरलाई अध्यक्षमा चयन गरिएको हो ।

फुकुओका, सिजुओका र तोचिगीकेनलगायतका शहरमा रहेका मगर संघहरूको समहतिमा दुईवटा संगठनबीच एकता गरि नयाँ संगठन निर्माण गरिएको हो । एकतापछि संगठनको नाम भने नेपाल मगर संघ जापान नै हुने भएको छ ।

आगामी २ वर्षे कार्यकालको लागि गठन गरिएको १७ सदस्यीय नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पञ्च मगर, उपाध्यक्षमा रीत राना मगर, शिव थापामगर र तुल चोचगी मगर, महिला उपाध्याक्षमा दीपा पुनमगर, महासचिवमा रमेश रानामगर, सचिवमा सागर पुनमगर, कोषाध्यक्षमा मदन थापामगर, सह–कोषाध्यक्षमा मीरा दर्लामीमगर चयन भएका छन् ।

कार्यसमिति सदस्यहरूमा भने रूस्ताम बुढामगर, बालकृष्ण रानामगर, यम थापामगर, आनन्द पुलामीमगर र राजु छन्त्यालमगर निर्विरोध चयन भएका हुन् । दुईवटा बलिया संगठनबीच एकता भएपछि संगठन अझ बलियो भएको संघले दावी गरेको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago