२९ साउन, कालीकोट । खाँडाचक्र नगरपालिका-१ कोटदरबारमा रहेको जिल्ला नापी कार्यालय र मालपोत कार्यालय, कालीकोटमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । दिउँसो २ बजे तीनजनाको संख्यामा आएका अपरिचित ब्यक्तिले सँगै रहेका मालपोत र नापी कार्यालयको भित्तामा बम बिस्फोट गराएर भागेका थिए ।
बिस्फोट भएको ३० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो । बिस्फोटले नापी कार्यालयको पछाडि पट्टीको भित्तामा क्षती पुगेको छ । विप्लव नेतृत्को नेकपाले गरेको नेपाल बन्द सफल पार्न कार्यकर्ताले नै बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेएको छ ।
प्रत्यक्षदर्शी स्थानीय लाइशोभा अधिकारीका अनुसार बिस्फोट गराउनेहरु काम छ भन्दै विहानैदेखि मालपोत र नापी कार्यालय नजिकै बसेका थिए । यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको कालेखोलामा पनि बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।
दुईजना पक्राउ
बम बिष्फोट गराएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कालीकोट जिल्ला शान्नी त्रिबेणी गाउँपालिका-८ मुम्राका ३० वर्षे काशी दर्जी र नरहरीनाथ गाउँपालिका कोटबाडाका अनीपाल बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।
पक्राउ परेका दर्जीले कालेखोलामा र बिकले नापी र मालपोत नजिक बम विस्फोट गराएको प्रहरीले बताएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…