कालीकोटको नापी र मालपोत कार्यालयमा बम बिस्फोट, दुईजना पक्राउ

२९ साउन, कालीकोट । खाँडाचक्र नगरपालिका-१ कोटदरबारमा रहेको जिल्ला नापी कार्यालय र मालपोत कार्यालय, कालीकोटमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । दिउँसो २ बजे तीनजनाको संख्यामा आएका अपरिचित ब्यक्तिले सँगै रहेका मालपोत र नापी कार्यालयको भित्तामा बम बिस्फोट गराएर भागेका थिए ।

बिस्फोट भएको ३० मिनेटपछि प्रहरी घटनास्थल पुगेको थियो । बिस्फोटले नापी कार्यालयको पछाडि पट्टीको भित्तामा क्षती पुगेको छ । विप्लव नेतृत्को नेकपाले गरेको नेपाल बन्द सफल पार्न कार्यकर्ताले नै बम बिस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेएको छ ।

प्रत्यक्षदर्शी स्थानीय लाइशोभा अधिकारीका अनुसार बिस्फोट गराउनेहरु काम छ भन्दै विहानैदेखि मालपोत र नापी कार्यालय नजिकै बसेका थिए । यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोटको कालेखोलामा पनि बम बिस्फोट भएको प्रहरीले जनाएको छ ।

दुईजना पक्राउ

बम बिष्फोट गराएको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । कालीकोट जिल्ला शान्नी त्रिबेणी गाउँपालिका-८ मुम्राका ३० वर्षे काशी दर्जी र नरहरीनाथ गाउँपालिका कोटबाडाका अनीपाल बिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।

पक्राउ परेका दर्जीले कालेखोलामा र बिकले नापी र मालपोत नजिक बम विस्फोट गराएको प्रहरीले बताएको छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago